बहराईनमा एकल नृत्य प्रतियोगिता सम्पन्न - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बहराईनमा एकल नृत्य प्रतियोगिता सम्पन्न



समिर  प्रकाश पाण्डे ,जेष्ठ ७ /बहराईन 

अन्तर्राष्ट्रिय कलाकार मञ्च बहराइनद्वारा  शुक्रवार आयोजना गरिएको एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ  ।

बहराइन तामाङ सेवा समाजकी  अनु लामा तामाङले प्रथम स्थान हासिल गरेकी छिन् ।प्रतियोगितामा प्रवासी नेपाली मञ्चकी सकुन शुब्बा, झापाली सेवा समाजकी कमला श्रेष्ठ र मगर संघका गुनराज मगरले क्रमशः दोश्रो,तेस्रो र सान्त्वना पुरस्कार हात पर्न सफल भएका थिए ।बिजेताहरुलाई  ट्रफी ,प्रमाणपत्र र नगद पुरस्कारद्वारा सम्मान गरिएको थियो।

मञ्चका अध्यक्ष प्रकाश पाठकको सभापतित्वमा सम्पन्न प्रतियोगितामा नेपाली राजदूतावास बहराइनका श्रम सहचारी जगदिश सिवाकोटी प्रमुख अतिथि, नेपाली राजदूतावासका अमृत लोप्चन, नेपाली क्लबका  गम गुरुङ , अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका अध्यक्ष असिम महत बिशिष्ठ अतिथि रहेका थिए ।

कार्यक्रमलाई मंचकी सल्लाहकार इन्दिरा क्षेत्री र सहकोषाध्यक्ष मेघराज आचार्यलेद्वारा  संचालन गरिएको थियो ।स्वागत मन्तव्य भने  मंचका द्वितीय उपाध्यक्ष शिव अधिकारीले गरेका थिए ।

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाग्लो उपस्थिति रहेको थियो । प्रतियोगितामा  नृत्य निर्देशिका तथा मोडेल अनु राणा र अरुण क्षेत्रीले निर्णायकको भुमिका निभाएका थिए ।