दृष्टिविहिन बालबालिकाको सहयोगार्थ बहराईनमा सास्कृतिक कार्यक्रम सम्पन्न (फोटो फिचर) - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

दृष्टिविहिन बालबालिकाको सहयोगार्थ बहराईनमा सास्कृतिक कार्यक्रम सम्पन्न (फोटो फिचर)



समिर प्रकाश पाण्डे

अन्तराष्ट्रिय कलाकार मन्च बहराईन को आयोजनामा “तिहार विशेष देउसी भैलो तथा साङ्गीतीक साँझ २०१६” कार्यक्रम सम्पन्न भएको छ ।

सास्कृतिक कार्यक्रम मा नेपाल बाट आमन्त्रित कलाकार हरु लोक तथा आधुनिक गायिका जसोधा सुब्बा तथा पप तथा आधुनिक गायिका जुना प्रसाईं सँगै बहराइन का स्थानीय नेपाली कलाकार हरुले समेत बेजोड प्रस्तुति रहेको थियो।14996299_1468637729820209_53312484_n

गायिका जसोधा सुब्बाले आफ्नै गीत “सबैको नजर मै तिर…” लागयत प्रस्तुत गरेकिथिन भने जुना प्रसाइ ले आफ्नै भईली गीत लगायत प्रस्तुत गरेकी थिन । त्यस्तै कार्यक्रम मा कलाकार मन्च का कलाकार हरु तथा अन्तरराष्ट्रिय नेपाली कलाकार समाज, मगर संघ तमु समाज, किरात याक्थुङ चुम्लुङ, किरात राइ यायोक्खा लगायत ले आफ्नो मौलिक पहिचान संस्क्रिती झल्कने गीत तथा नृत्य प्रस्तुत गरेका थिए कलाकार मन्च का अध्यक्ष प्रकाश पाठक को अध्यक्षता मा महासचिव अरुण क्षेत्री र ईन्दिरा क्षेत्री ले संचालन गरेको कार्यक्रम मा समाजसेवी गम गुरुङ प्रमुख अतिथि रहेका थिए भने कार्यक्रम का स्पोन्सर हरु, सामाजिक संघ सस्था हरु राजनैतिक संगठन का प्रतिनिधि हरु पत्रकार, ब्यवसायी हरु अतिथी रहेका थिए । त्यस्तै स्वागत मन्तब्य मन्च का उपाध्यक्ष धन लामा राखेका थिए ।

साथै प्रमुख अतिथी गमा गुरुङ तथा नेप्लिज वेलफेयर सोसाइटी का कोषाध्यक्ष हिमाल घिमिरे ले शुभकामना मन्तब्य दिएका थिए । गतवर्षको महाबिनाशकारी भूकम्पबाट आवास गुमाएका जिल्ला नुवाकोट तुप्चे २ अक्करेका दृष्टिबिहीन बालबालिकाहरुका लागि सहयोगार्थ भएको सास्कृतिक कार्यक्रम लाई नेप्लिज वेलफेयर सोसाइटी बहराइन र लालीगुरांस सेवा समाज को बिशेष सहयोग तथा सहकार्य गरेको थियो । त्यस्तै मुख्य प्रायोजक भिभा बहराईन रहेको थियो । कार्यक्रम भब्य र सब्य तरिकाले संम्पन भएको अायोजन टिमले जनाएको छ ।14958780_1468637879820194_562121547_n

14962480_1468637939820188_1739581465_n

14971856_1468637736486875_191783751_n