बहुमुखी प्रतिभाकी धनि सोनीको नयाँ पप गीत सार्वजनिक(भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बहुमुखी प्रतिभाकी धनि सोनीको नयाँ पप गीत सार्वजनिक(भिडियो सहित)



समीर प्रकाश पाण्डे/बैशाख २४

भनिन्छ, कला, साहित्य र सङ्गीतको कुनै जात, धर्म, वर्ण हुँदैन । कला सबैमा हुन्छ । कसैसँग हास्ने  कला होला, कसैसँग नाँच्ने, केही सँग गाउने, केही सँग लेख्ने । प्रकृतिले हरेकलाई कलाकार बनाएकी हुन्छिन् तर, सबै कलाकारका रूपमा भने बाहिर आउदैनन् । हरेकसंग हरेक कला हुन्छ, त्यसलाई निरन्तर साधनाको अभावमा त्यसै मर्दछन् ।

आफूमा भएको सामान्य कलालाई निरन्तर साधनाबाट उत्कृष्ट बनाउन सक्नु क्षमता हो । यस्तो क्षमता भने कमैसंग हुन्छ । त्यस्तै कम अर्थात् गणना गर्न सकिने नेपाली सङ्गीत क्षेत्रका व्यक्तित्व हुन राकेश सोनी । नेपाली गीतसंगीतको उर्वरभूमि मानिने बाग्लुङ जिल्लामा जन्मिएका सोनी एक दशक अघि देखि सङ्गीत साधनामा लागेका छन् । हजारौँ गीतसंगीतमा आफ्नो उच्च क्षमता प्रस्तुत गरिसकेका सोनीले यस अघि पनि थुप्रै गीतहरू मार्फत आप्mनो क्षमता प्रस्तुत गरिसकेका छन् । सायद राकेश सोनी गीत संगीतप्रेमी र अनुरागीहरुका लागि नौलो र अपरिचित नाम होइन ।

पछिल्लो समयमा सोनीकृत नयाँ पप गीत तिमीलाई सम्झेर बजारमा आएको छ । गीतको चर्चा, परिचर्चा दिनप्रतिदिन चुलिदै गइरहेको छ । म्युजिक नेपालको यु ट्यूव च्यानलबाट बजारमा आएको गीतको चर्चा दिनप्रतिदिन चुलिदो छ । लोकगीत संगीत, आधुनिक सङ्गीतमा लामो अनुभव गरेका सोनीले फरक शैली र फरकपनको आभास गराउने गीत बजारमा ल्याएका हुन ।

प्रस्तुत गीतमा तिमीलाई सम्झेर प्रेमिल प्रसंगहरुको सेरोफेरोमा रहेर प्रेमिल जोडीहरुको भावना व्यक्त गरिएको छ । सोनी यसमा बहुमूखी प्रतिभाका रूपमा देखा परेका छन् । प्रस्तुत गीतको लेखन, संगीत-संयोजन, स्वर लगायतका सम्पूर्ण भूमिकामा उनी आफै उभ्भिएका छन्, त्यति मात्र कहाँ होर गीतको कथालाई न्याय गर्ने निर्देशन र अभिनयमा समेत सोनी आफै अब्बल रूपमा प्रस्तुत भएका छन् । सायद यति भनी सके पछि सोनीको क्षमता र बहुमुखी प्रतिभाको थप चर्चा गर्नु नपर्ला ।

फुलबारी म्युजिक प्रा.लिले उत्पादन गरेको प्रस्तुत गीतको भिडियो पनि निकै उत्कृष्ट बनेको छ । उच्च प्रविधिको प्रयोग गरेर निर्माण गरिएको भिडियो रेसम दर्लामीले खिचेका हुन । सोनीकै निर्देशनमा माला उप्रेतीले सोनीलाई अभिनयमा साथ दिएकी छन् ।