नरोत्तम बैधलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नरोत्तम बैधलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने धम्की दिएका नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोत्तम बैधलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन माग गरिएको छ । नेकपा एमाले बागमती प्रदेशले यस्तो माग गरेको हो।

बागमती प्रदेशका एमाले अध्यक्ष आनन्द पोखरेलले एक विज्ञप्ति जारी गर्दै बैधलाई तत्काल प्रदेश सभाबाट निलम्बन गरी कारबाही गर्न माग गरेका हुन् ।

उनले यसमा गम्भीर षड्यत्र लुकेका कारण आयोग बनाइ दोषीहरू पत्ता लगाउनसमेत आग्रह गरेका छन् । ‍’एक शक्तिशाली आयोग बनाई तथ्य सत्या पत्ता लगाई सार्वजनिक गर्न नेपाल सरकार र प्रदेश सरकारसँग जोडदार माग गर्दछु । हत्या जस्तो गम्भीर अपराधको वकालत गर्ने सबैलाई कानुनको दायरामा ल्याउन अनुरोध पनि गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।

शुक्रबार बैधले प्रदेश सभाको बैठकको रोष्टममा ऊभिएर माहात्मा गान्धीलाई नथुराम गोड्सले मारेझैं केपी शर्मा ओलीलाई मार्नुपर्छ र मार्छु भन्दै दिएको अभिव्यक्ति निकै विवादित बनेको थियो ।

अध्यक्ष पोखरेलले ओलीविरुद्ध केही दलका नेता तथा कार्यकर्ताहरूले भौतिकरुपमा सफ़ाइ गर्न सक्ने सुचना आफूहरूलाई प्राप्त भएको समेत बताएका छन् । यसबारे आफूहरूले सुक्ष्म अध्ययन समेत गरिरहेको उनले खुलासा गरेका छन् ।