वैकुण्ठ महतको 'मादल' सार्वजनिक (अडियो  सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

वैकुण्ठ महतको ‘मादल’ सार्वजनिक (अडियो  सहित)



समिर प्रकाश पाण्डे/माघ २३ 

गुल्मी जिल्लामा जन्मिएका हाल नेपालको राजधानी काठमाडौँ बस्दै आएका गायक वैकुण्ठ महतले धेरै दर्शक श्रोताको प्रतीक्षामा रहेको गीत “मादल ” अडियो सार्वजनिक गरेका छन् ।

सामाजिक यथार्थ र मौलिकतालाई विशेष ध्यानमा राखेर गीत बजारमा ल्याउन खप्पिस गायक तथा सर्जक महतले केही समय अगाडि “ हाम्रो नेपाल हामी नेपाली ” बजारमा ल्याएका थिए जुन गीतले चौतर्फि चर्चा बटुल्न सफल भएको थियो ।

पहाडमा दूध भौसीको खान्छन
हिमालमा चौरीको, बैसलाई साथी हात पाखुराको
बुढेसकाल लौरीको ,
ए सानो मादल घिन्ताङ घिन्ताङ,
ठुलो मादल धुन्न ,
मरी जाने जिन्दगीको केही भरोसा हुन्न ।
सानुमाया,
जस्ता शब्द समावेश गरियको मादल एल्बममा शब्द सङ्गीत स्वर वैकुण्ठ महतकै रहेको छ भने गीतलाई विन्ध्यवासिनी म्युजिक प्रा.ली ले बजार व्यवस्थापन गरेको छ । हाम्रो तर्फबाट गीतको सफलताको शुभकामना ।