गायक बैकुण्ठ महतको देश प्रेमी गित "हाम्रो नेपाल हामी नेपाली ” बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

गायक बैकुण्ठ महतको देश प्रेमी गित "हाम्रो नेपाल हामी नेपाली ” बजारमा (भिडियो सहित)



 समिर प्रकाश पाण्डे

चर्चित लोक तथा दोहोरी गायक/ शब्द संकलक बैकुण्ठ महत यति बेला” हाम्रो नेपाल हामी नेपाली” बोलको गितबाट चर्चामा छन ।

महतले यसअघि ‘पानीजहाज’ बोलको गीत बजारमा ल्याएका थिए  । करिब १० मिनेट लामो गीतमा गायक महत र पूर्णकला बिसीको स्वर रहेको छ ।

लोक भाकामा आधारित उक्त गीतको म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन । रेड एप्पल मिडिया प्रालिले बजार ब्यवस्थापन गरेको यस गीतमा नेपालीलाई एकतामा जोड्नेखालका शब्द महतले समावेश गरेका छन । त्यस्तै गीतले स्वाधीन र समतामूलक नेपालको कल्पना समेत गरिएको छ ।

गीतजस्तै म्युजिक भिडियोमा पनि सबै क्षेत्रलाई समेट्ने प्रयास गरिएको छ । हिन्दू, बौद्ध, मुसलमान र क्रिष्चियन सबै धर्मका मानिस यसको दृश्यमा समेटिएका छन् । गायक महत र अभिनेत्री सरिता लामिछाने र युवराज खनालले मुख्य पात्रको रुपमा अभिनय गरेका छन । यस्तै भिडियो करन चौसिरको छायांकन बिष्णु शर्माको संम्पादनमा तयार भएको छ । एक पटक हेर्नै पर्ने गित “हामी नेपाली हाम्रो नेपाल ”