बैंकमै थन्कियो भूकम्प पीडितको १८ अर्ब - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बैंकमै थन्कियो भूकम्प पीडितको १८ अर्ब



काठमाडौं ,५ असार ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदानको दोस्रो किस्ताका लागि भूकम्प प्रभावित १४ जिल्लामा पठाएको १७ अर्ब ९६ करोड ५२ लाख बैंकमै थन्किएको छ ।

पहिलो किस्ता लिएका पीडितले घर नबनाउँदा दोस्रो किस्ताको रकम वितरण हुन नसकेको हो ।

प्राधिकरणका अनुसार पाँच लाख ६७ हजार ४४२ पीडितले पहिलो किस्ता लगेका छन् ।

तर दोस्रो किस्ताको रकम लैजानेको संख्या २५ हजार २ सय २८ मात्रै छ ।

पहिलो किस्ता लैजानेको तुलनामा ४.४४ प्रतिशत भूकम्प पीडितले मात्रै दोस्रो किस्ता वापतको रकम लगेका छन् । नयाँ पत्रिका दैनिकबाट