रोचक बन्दै नेकपा सचिवालय बैठक: दुई मन्त्री र भिम रावल पनि छलफलमा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

रोचक बन्दै नेकपा सचिवालय बैठक: दुई मन्त्री र भिम रावल पनि छलफलमा



काठमाडौं- निकै चर्चामा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ ।

एमसीसी जोडिएर तातेको जारी बैठक भने केहि रोचक हुने देखिएको छ । जारी बैठकमा दुई मन्त्री परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा र एमसीसीको कट्टर विरोधी नेता भीम रावल पनि उपस्थित भएपछी रोचक हुने अनुमान गरिएको छ

बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा र नेता भीम रावललाई समेत आमन्त्रण गरिएको छ।

एमसीसीलाई संसदबाट पारित गराउने विषयले सरकारमाथि फेरी अर्को संकट थपिएको छ । नेकपा भित्र नै यसको विवाद भइरहेको बेला आमन्त्रित सदस्यहरुबीच बैठक बसेको हो।

नीति तथा कार्यक्रममा एमसीसीको कार्यक्रम समावेश गरेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र भीम रावलले आपत्ति जनाउँदै एमसीसी जस्केलाबाट घुसाउन खोजेको हो भन्दै प्रधानमन्त्रीलाई पत्र लेखेका थिए।

आजको बैठकले एमसीसीबारे निर्णय गर्न सक्ने बुझिएको छ।