सभामुखले डाकेको सर्वदलीय बैठक सकियो - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

सभामुखले डाकेको सर्वदलीय बैठक सकियो



काठमडौँ – सभामुख अग्निप्रसाद सापकोटाले डाकेको सर्वदलीय बैठक सकिएको छ । बैठक बिनानिष्कर्ष टुंगिएको बताइएको छ ।

प्रमुख विपक्षी दल नेकपा एमालेले निरन्तर संसद् बैठक अवरुद्ध गरेपछि सभामुखले बैठक सञ्चालनका लागि सहज वातावरण बनाउने भन्दै सर्वदलीय बैठक डाकेका थिए ।

‘सभामुखले छलफल जारी राख्नु भएको छ । निष्कर्ष केही निस्केको छैन । प्रमुख विपक्षी दलको नेताबिना यो बैठकको औचित्य भएन’ लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने ।