ओली-प्रचण्ड वार्ता सकियो: झनै थपियो विवाद - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

ओली-प्रचण्ड वार्ता सकियो: झनै थपियो विवाद



काठमाडौं । बालुवाटारमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेकपाका नेता झलनाथ खनाल र सुवास नेम्वाङ पनि सहभागी रहेका थिए ।

लामो समयदेखि पार्टीको आन्तरिक विवादका कारण जारी स्थायी कमिटी नै अन्योलमा परेका बेला प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच छलफल भएको हो ।

बैठकले नयाँ निष्कर्ष केहि निकाल्न नसकेको स्रोतले जनाएको छ । निकाश निकाल्नका लागि बसेको बैठकमा केहि तिक्तता समेत भएको बताइएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली कडा रूपमा प्रस्तुत भएपछि निर्धारित समय भन्दा पहिले नै बैठकबाट नेताहरू प्रचण्ड-नेपाल निस्किएका हुन् ।

साउन १३ गते बसेको स्थायी कमिटी बैठकपछि दुई नेताबीच तिक्तता बढेको थियो । ओलीले स्थगित गरेको बैठक दाहालले सुचारु गराएपछि नेकपाभित्र देखिएको विवाद झनै बल्झिएको थियो ।