सुरक्षा परिषद् बैठक सकियो: प्रधानमन्त्रीले दिए यस्तो निर्देशन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सुरक्षा परिषद् बैठक सकियो: प्रधानमन्त्रीले दिए यस्तो निर्देशन



काठमाडौँ- प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठक सकिएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पछिल्लो सुरक्षा अवस्थाको बारेमा छलफल गरेका छन् ।

राष्ट्रिय सुरक्षा परिषद् बैठकमा उनले मुलुकको समग्र सुरक्षा अवस्थाको बारेमा जानकारी र विकशित पछिल्ला घटनाक्रम र सुरक्षा योजनाबारे छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री ओली सरकारले घोषणा गरेको निर्वाचनको मिति नजिकिदै जाँदा मुलुकको सुरक्षा अवस्थालाई मजबुद बनाउन पनि निर्देशन दिएको बुझिएको छ । त्यस्तै प्रतिबन्धित चन्द नेतृत्वको नेकपाको गतिविधीका बारेमा पनि जानकारी लिएको बताइएको छ । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दाको फैसला आउने अवस्था रहेको बेला प्रधानमन्त्री ओलीले सुरक्षा अवस्था बारे जानकारी लिएका हुन् ।

बैठकमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापासमेत सहभागी थिए । समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेना परिचालन वा नियन्त्रणका लागि सरकारलाई सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक प्रावधान छ ।