ओली-प्रचण्ड निर्णायक बैठक सकियो - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

ओली-प्रचण्ड निर्णायक बैठक सकियो



काठमाडौं । सत्तारुढ दल नेकपाको विवाद मिलाउन बालुवाटारमा बसेको बैठक भर्खरै सकिएको छ ।

बैठक करिव डेढ घण्टा बसेर सकिएको हो । प्रचण्डले प्रधानमन्त्री ओलीसमक्ष स्थायी समिति बैठकमा उठेको आवाज सम्बोधन गर्न आग्रह गर्दै विगतमा माओवादी र एमालेबीच पार्टी एकता हुँदा भएको सहमति कार्यान्वयन हुनुपर्ने अडान दाेहोर्याएका छन्।

यसअघि दोस्रो तहका नेताहरूले प्रचण्ड र ओली दुवैलाई निर्णायक संवादमार्फत सहमति गर्न र पार्टी एकता जोगाइराख्न दबाब दिएका थिए।

आइतबार बिहानैदेखि गृहमन्त्री रामबहादुर थापा, नेता सुवासचन्द्र नेम्वाङ, कृषिमन्त्री घनश्याम भुसाल, स्थायी कमिटी सदस्य जर्नादन शर्मा, ऊर्जामन्त्री वर्षमान पुन, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललगायतले प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डलाई पार्टी एकता नतोड्न दबाब दिएका थिए।

बालुवाटार स्रोतका अनुसार दोस्रो तहका नेताहरू गम्भीर छलफलमार्फत निष्कर्षमा पुग्ने वातावरण निर्माण गर्नका लागि संवादमा जुटिरहेका छन्।

यसबीचमा नेकपा महासचिव विष्णु पौडेल र गृहमन्त्री थापाबीच पनि पार्टीमा देखिएको संकट समाधानको विषयमा छलफल भएको नेकपाका एक नेताले बताए।