मन्त्रीपरिषद् बैठकमै ढलेका आइभरीकोस्टका प्रधानमन्त्रीको लगत्तै निधन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मन्त्रीपरिषद् बैठकमै ढलेका आइभरीकोस्टका प्रधानमन्त्रीको लगत्तै निधन



काठमाडौं- मन्त्रीपरिषद् बैठकमै बिरामी परेका आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको निधन भएको छ।

मन्त्रीपरिषद् बैठकको क्रममा बिरामी परेका उनको लगत्तै निधन भएको हो । ६१ वर्षका कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार बनाउने घोषणा गरेको थियो ।

कोलाबाली फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरी हालै स्वदेश फर्किएका थिए।

राष्ट्रपति एलासानी ओटाराले देश शोकमा रहेको बताएका छन् । कोलाबाली मन्त्रीपरिषदको साप्ताहिक बैठकको क्रममा बिरामी परेको र अस्पताल लगिएको उनले बताए । कोलाबालीको अस्पतालमै निधन भएको हो । उनको निधनले आउँदो अक्टोबरमा हुने भनिएको चुनावमा अनिश्चितता पैदा गरेको छ ।

सन् २०१२ मा कोलाबालीको मुटु प्रत्यारोपण भएको थियो । उनी गएको मे २ मा उपचारका लागि फ्रान्स गएका थिए र दुईमहिनापछि स्वदेश फर्किएका हुन् ।

गएको बिहीबार स्वदेश फर्किएका उनले देशको विकासलाई निरन्तरता दिने बताएका थिए । उनी राष्ट्रपति चुनाव जित्ने प्रवल सम्भावना भएका उम्मेदवार ठानिएको थियो । तर उपचारबाट फर्किएको हप्ता दिनमै उनको निधन भएको हो ।