बाजुराको वडा कार्यालयमा आगजनी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

बाजुराको वडा कार्यालयमा आगजनी



बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका वडा नं तीन मोहतीमा रहेको वडा कार्यालयमा गयराति आगजनि भएको छ ।

राति करिब साढे ११ बजे तिर अज्ञात समूहले वडा कार्यालयमा भएको सम्पूर्ण कागजपत्रहरु जलाएको जगन्नाथ गाउँपालिका वडा नं तीनका अध्यक्ष डम्वरबहादुर शाहीले जानकारी दिए । स्थानिय धुव्रवहादुर शाहीको घरमा भाडामा रहेको सो वडा कार्यालयका झ्याल ढोका फोडेर कागजपत्रहरु बाहिर निकालेर जलाएको अवस्थामा भेटिएको वडाध्यक्ष शाहीले बताए ।

गाउँमा मेला लागेकाले सबै घरका सदश्यहरु पनि मेला हेर्न गएको मौका छोपी आगजनि गरेको बताइएको छ । आगजनि पछि कागजपत्रहरु जलेका छन भने कम्प्युटर लगायतका इलेक्ट्रोनिक सामान समेत नष्ट भएका छन् ।

हाल अस्थाई प्रहरी पोष्ट जुड्डीबाट घटना स्थलतर्फ प्रहरी पठाइएको गाउँपालिकाका अध्यक्ष कालिबहादुर शाहीले बताए । सो स्थानमा टेलिफोन सेवा समेत नहुदा सुरक्षा निकाय र अन्य ठाउँमा समयमै खवर गर्न नसकिएको वडाध्यक्ष शाहीले बताएका छन् ।