बाकी जीवन देश र जनताको सेवक भएर बिताउछु : आचार्य - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

बाकी जीवन देश र जनताको सेवक भएर बिताउछु : आचार्य



कमल विष्ट /अर्घाखाँची मङ्सिर ११ ।

क्यान्सर लगायत आधा दर्जन गम्भीर रोगलाई समेत पराजित गर्दै नयाँ जीवन पाउनुभएका चेतनारायण आचार्य यतिखेर वाम गठबन्धनका प्रदेश सभा क्षेत्र नं. १ बाट उम्मेदवारी दिए सङ्गै चुनावी अभियानमा व्यस्त हुनुहुन्छ, आचार्यले मतदाता सँग बाकी जीवन देश र जनता प्रति समर्पित हुँदै देश र जनताकै सेवामा बिताउने बताउनुभएको छ, उहाँले दलित वर्गको उत्थानका लागि विशेष खालका आयआर्जन र रोजगारका कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको भन्दै , महिला स्वयम् सेविकाहरुसंग समाजमा पु¥याएको योगदानको जति सुकै प्रशंसा गरे पनि कम हुने भन्दै महिला स्वास्थ्य स्वयंसेविकालाई वाम गठवन्धको सरकारले आवश्यक सेवा सुविधा प्रदान गर्ने बताउनु भयो ।

वाम गठबन्धन क्षेत्र नं. १ ले मालारानी गाउँपालिका वडा २ मरेङ्गको रानीगैरा, छेडाठाटी, चौरी मुसामारे, लगायतका ठाउँमा गरेको चुनावी सभाहरुलाई सम्बोधन गर्दै उहाँले वाम गठवन्धका उम्मेद्वारहरुको जित सुनिश्चित भएको बताउनु भयो । उहाँले कम्युनिस्टको सरकारले नै मुलुकमा जनमुखी कार्यक्रमहरू लागू गरेको भन्दै अव दुई तिहाइ बहुमत सहितको वाम गठवन्धको सरकार बनेपछि देशलाई समुन्नत बनाएरै छाड्ने ठोकुवा गर्नु भयो ।

नेता आचार्यले वाम गठबन्धनको सरकार बनेपछि एक घर एक रोजगारको कार्यक्रम लागू गर्ने भन्दै कोही पनि नागरक रोग, भोक र अभावबाट पिल्सनु नपर्ने बताउनु भयो । उहाँले वेरोगार युवाहरूलाई रोजगार प्रदान गर्नु वामपन्थी सरकारको पहिलो प्राथमिकता रहेको बताउनु भयो । उहाँले पुसमा गठन हुने वाम गठबन्धनको सरकारले वृद्धा भत्तालाई तत्कालै वृद्धि गरी वृद्धवृद्धालाई चाहिने अन्य सुविधा समेत उपलब्ध गराउँदै लैजाने बताउनु भयो । नेता आचार्यले अर्घाखाँचीलाई कृषि पर्यटन र घरेलु उद्योगबाट पाँच वर्ष भित्रमा देशकै नमुना जिल्ला बनाएर छाड्ने ठोकुवा गर्नु भयो । उहाँले काँग्रेसका उम्मेद्वारहरुले वाम गठबन्धनका उम्मेद्वारहरुको जित सुनिश्चत देखेपछि वाम गठवन्धका उम्मेद्वारहरुलाई अनावश्यक गाली गलौज गर्न थालेको भन्दै आफूहरूले कसैलाई पनि गाली गलौज नगर्ने बताउनु भयो ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य तथा निर्वाचन प्रचार प्रसार समितिका संयोजक चन्द्र बहादुर खड्का उज्जवलले वाम गठबन्धनले नेपाली नागरिकमा ठुलो उत्साह ल्याएको भन्दै बहुसङ्ख्यक नेपाली दुइतिहाइ बहुमतको वाम पन्थीको स्थिर सरकार बनेको हेर्न चाहेको बताउनु भयो । उहाँले नेपाली काँग्रेसले लामो समय सम्म सरकारको नेतृत्व गरेको भए पनि लोकप्रिय कामहरू गर्न नसकेका कारण काँग्रेस कमजोर बनेको बताउनुभयो । उहाँले काँग्रेसका उम्मेद्वारहरुले अनर्गल प्रचार गर्दै हिडेपनि जनता धेरै सचेत बन्दै गएको बताउनु भयो ।

कार्यक्रममा नेकपा एमाले पाँच नमबर प्रदेश कमिति सदस्य नरेन्द्र कुमार क्षेत्री, माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार सुसिला सिप्राली, नेकपा माओवादी केन्द्रकी प्रदेश सभा समानुपातिक उमेद्वार छमकुमारी खनाल चिनारी, एमाले मालारानी गाउँपालिका संयोजक शालिकराम आचार्य, जिल्ला कमिटी सचिवालय सदस्य मालारानी गाउपालिका अध्यक्ष बालकृष्ण आचार्य, उपप्रमुख प्रमिला क्षेत्री, एमाले नेता मुक्ति पाण्डे, माओवादी नेता देबबहादुर खड्का, खिमप्रसाद पन्थी, अखिल क्रान्तिकारीका केन्द्रीय सचिव नारायण खनाल, युवासंघका जिल्ला अध्यक्ष गोविन्द आचार्य, वाइसिएलका जिल्ला अध्यक्ष गोविन्द भुसाल, अनेरास्वबियु केन्द्रीय सदस्य भरत न्यौपाने, अनेरास्ववियुका अध्यक्ष प्रदिप नेपाली लगायतको आथित्यता रहेको थियो ।