बाल बाटिका क्रिकेट : कैलाली नेशनल र गणेश बाबा विजयी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बाल बाटिका क्रिकेट : कैलाली नेशनल र गणेश बाबा विजयी



बाैनिया,कैलाली । कैलालीको बर्दगाेरिया गाउपालिका -४ मुडा बजारमा जारी बाल बाटिका क्रिकेट लिग २०७६ मा कैलाली नेशनल एकेडेमी लम्कि र गणेश बाबा टिकापुरले प्रतियोगितामा पहिलो जित दर्ता गरेका छन् ।

आजको पहिलो खेलमा कैलाली नेशनल लम्किले कालिका माध्यमिक बिधालय नाैनिया लाई ८ रनले हराएकाे थियाे । साे खेलमा नेशनलका दिपेश राेकाया २ अाेभरमा ८ रन खर्चिदै २ विकेट र १७ बलमा ७ रन बनाउदै म्यान अफ द म्याच घोषित भएका थिए ।

त्यस्तै गरि आजको अन्तिम खेलमा गणेश बाबा टिकापुरले उइसडम एकेडेमी बेलाैरि लाई ३१ रनको फराकिलो अन्तरले हरायाे । टस हारेर पहिले ब्याटिङ गरेको गणेश बाबाले निर्धारित १५ अाेभरमा ८ विकेट गुमाउँदै १२१ रन बनायकाे थियोे । उसका लागि दिपक थापाले ३६ बलमा ३ चाैकाकाे मदतमा २५ रन बनाउदा राजेन्द्र खनालले १५ बलमा ५ चाैकाकाे मदतमा २४ रनको याेगदान गरेका थिय । बलिङतर्फ उइसडमका याेगेश बिष्टले ३ अाेभरमा ३० रन खर्चिदै ३ विकेट लिदा सुशील पन्तले २ विकेट लियका थिय ।

१२२ रनको विजयी लक्ष्य लियर मैदान प्रवेश गरेको उइसडम निर्धारित १५ अाेभरमा ९ विकेट गुमाउँदै ९१ रन मात्र जाेड्न सफल भएको थियो । उसका लागि दिपेश मगरले ३७ बलमा ६ चाैकाकाे मदतमा ३७ रन बनाउदा सन्देश भट्टले ५ बलमा १० रनको याेगदान गरेका थिय । बलिङतर्फ गणेश बाबाका प्रवेश रावलले ३ अाेभरमा २२ रन खर्चिदै ३ विकेट लिदा प्रबेस तिमिल्सिना र राजेन्द्र खनाल ले समान २-२ विकेट लियका थिय । साे खेलमा गणेश बाबाका राजेन्द्र खनाल म्यान अफ द म्याच चुनिए ।

प्रतियोगिता अन्तरगत साताैदिन शनिबार समेत तीन खेल सञ्चालन हुने अायाेजक बिधालयका प्रिन्सिपल तथा प्रतियोगिता संयाेजक प्रमाेद मल्लले जानकारि दिनु भएको छ । असाेज २६ गते बाट सुरु भएको प्रतियोगिता कार्तिक ९ गते सम्म सञ्चालन हुने छ । प्रतियोगितामा कैलाली र कञ्चनपुरका गरि १६ वटा सामुदायिक र संस्थागत बिधालय हरुकाे सहभागिता रहेको छ । प्रतियोगिता काे विजेताले नगद १ लाख १ हजार पुरस्कार पाउँदा उप विजेता ले पुरस्कार स्वरुप ५१ हजार प्राप्त गर्नेछ ।