बाल विकास शिक्षकको बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

बाल विकास शिक्षकको बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न



लम्की,कैलाली । बाल विकास शिक्षकहरुको पेशागत सुनिश्चितताका लागि आज (शनिबार) कैलाली जिल्लाको लम्कीचुहामा बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

नेपाल बाल विकास शिक्षक समिति कैलालीको आयोजनामा भएको कार्यक्रमका बोल्ने वक्ताहरुले बाल विकास शिक्षकहरुको स्थायी व्यवस्थापन र पेशागत सुनिश्चितताका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन ।

नेपाल बाल विकास शिक्षक समिति कैलालीका अध्यक्ष निर्मला तिमिल्सैनाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल बाल विकास शिक्षक समितिका केन्द्रिय अध्यक्ष कृष्णा थापा मगर रहेकी थिइन् । कार्यक्रममा विशिष्ट अतिथि नेपाल शिक्षक महासंघ कैलालीका अध्यक्ष भीमबहादुर बलायर, नेपाल बाल विकास शिक्षक समितिका केन्द्रिय महासचिव निर्मला गिरी रहेका थिए ।

कार्यक्रममा नेपाल शिक्षक संघ कैलालीका अध्यक्ष गणेश ओझा, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय प्रतिनिधि लोकराज पन्थी, एकीकृत अखिल नेपाल शिक्षक संगठन कैलालीका वरिष्ठ उपाध्यक्ष रुपलाल जैशी, अखिल नेपाल शिक्षक संगठन कैलालीका अध्यक्ष रामप्रसाद तिमिल्सैना, नेपाल राहत शिक्षक समितिका केन्द्रिय सदस्य रंगप्रसाद तिमिल्सैना, नेपाल बाल विकास शिक्षक सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष लक्ष्मी भट्ट , नेपाल विद्यालय कर्मचारी परिषद कैलालीका अध्यक्ष गणेश खतिवडा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेको नेपाल बाल विकास शिक्षक समिति कैलालीका सहसचिव पार्बती धमालाले जानकारी दिइन् ।

अन्तरक्रिया कार्यक्रममा गौरीगङ्गा नगरपालिकाकि चन्द्रकला चौधरी, गोदावरी नगरपालिकाका रामदिप राना, लम्कीचुहा नगरपालिकाका नौरता खडका, चित्रा उपाध्याय, चरित्रा उपाध्याय , टीकापुर नगरपालिकाका तारा थापा लगायतका बाल विकास शिक्षिकाहरुले अन्तरक्रिया कार्यक्रमका अतिथिहरुलाई विभिन्न जिज्ञासा राखेका थिए ।

नेपाल बाल विकास शिक्षक समिति कैलालीका उपाध्यक्ष गीता रावलको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको संचालन सदस्य बागेश्वरी चटौत बिनाडीले गरेकी थिइन् ।