चर्पीको खाडलमा परी एक बालको मृत्यु - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

चर्पीको खाडलमा परी एक बालको मृत्यु



नवलपरासी : नवलपरासीको बर्दघाट नगरपालिका १३ सेमरीमा चर्पीको खाडलमा परी एक बालको ज्यान गएको छ ।

छिमेकी मनोज मुरभरीको चर्पीको ढकन केही दिन अघि फुटेकोले खुल्ला रहेको ठाउँबाट सेमरीका ज्योती सुवेदीका २ वर्षका छोरा दिव्य ज्योतीको आज दिउँसो आफ्नै घरमा खेल्ने क्रममा चर्पीको खाडमा परेका थिए ।

बालकको शव पोष्टमार्टमको लागि पृथ्वी चन्द्र जिल्ला अस्पताल परासी पठाईएको ईलाका प्रहरी कार्यालय सेमरीका प्रहरी नायब निरिक्षक राम भरोस बानियाले जानकारी दिए ।