आफ्नै श्रीमतीलाई अपरिचित ब्यक्तीबाट बलात्कार गराउने श्रीमान पक्राउ - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

आफ्नै श्रीमतीलाई अपरिचित ब्यक्तीबाट बलात्कार गराउने श्रीमान पक्राउ



भारत, बैसाख ६ 

 

बिबाहित महिलाहरु आफ्ना श्रीमानलाई आफ्नो शुरक्षाको बलियो आधार मान्छन् । तर भारतको हरियाणामा एक बिबाहित महिला उनकै पतिको मिलेमतोमा बलात्कृत भएकी छन् ।

जुलाना हाँसी मार्ग बस्ने ३५ बर्षिया ति महिला उत्तर प्रदेशको बिसडा निवासी हुन् । जागीरको खोजीमा आफ्ना श्रीमान संग जुलाना आएकी उनलाई श्रीमानले जागीरका लागि बोलाईएको बहाना बनाएर सुरेन्द्र नामका एक ब्यक्तीकोमा पठाए र त्यहिँ उनको ति अपरिचित ब्यक्तीवाट बलत्कार भयो ।

ति महिलालाई बलत्कार गर्ने पुरुषले आफ्नो र उनको श्रीमानको सहमतीमा नै उनलाई बोलाईएको बताएपछि पिडित महिलाले मंगलबार स्थानिय प्रहरी चौकीमा घटनाको बारेमा बताउँदै आफ्ना श्रीमानमाथी उजुरी दिएकी छन् ।

यतिबेला जुलाना प्रहरीले उनका श्रीमानलाई आईपिसीका बिभिन्न धाराहरुमा रहेर केस दर्ता अनुसन्धान गरिरहेको छ ।