कपिलवस्तुमा ६ वर्षीय बालिकाको बलत्कार गरी हत्या - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

कपिलवस्तुमा ६ वर्षीय बालिकाको बलत्कार गरी हत्या



सनिउल्ला धोबी,कपिलवस्तु फागुन ३
कपिलवस्तुमा ६ वर्षीय बालिकाको बलत्कार गरी हत्या गरिएको छ । कपिलवस्तुको शिवराज नगरपालिका १० चन्द्रौटा प्रगतीनगर बस्ने शोभाखर अधिकारीकी ६ वर्षीय छोरी सीता अधिकारीको बलत्कार गरी हत्या गरिएको छ । हिजो साझा देखी हराइरहेकी सीताको आज बिहान चन्द्रौटा नजिकै रहटकोल नजिकैको जवाई खोलमा मृत अवस्थथामा सब भेटीएको हो । रातभरि खोज तलास गर्दा खोला नजिक उनको कपडा भेटीएपछी खोज्दै जाँदा पानीमा उनको सब फेला परेको हो ।

सिताको सब पानीमा डुबेको अवस्थामा भेटीएको हो । हिजो घरमा खेली रहेको अवस्थामा अचानक सिता हराएकी थिइन । सीता चन्द्रौटामा रहेको अवर मोदरल्याण्ड एकेडेमी कक्षा एल केजीमा अध्ययन गर्थिन । दोषीलाई पत्ता लगाई कडा भन्दा कडा कर्वाही गर्न स्थानीयले प्रशासनसग माग गरेका छन् । दोषीको खोजी कार्य भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख झविन्द्र भट्टराईले जानकारी दिनु भयो ।