बलात्कारी किचकन्याहरु ! « Himal Post | Online News Revolution
Logo

बलात्कारी किचकन्याहरु !



-दीपक घिमिरे

घडीले रातको एघार बजाईसकेछ । मनमा डर उस्तै थियो । न आफू सँग बाईक छ न त कुनै गाडी नै आउँछ ।जङ्गलको बाटोमा एक्लै बस्नुको पीडा मैले भोग्दै छु यति बेला त्यो पनि मध्यरातमा ।

मनमा भूतका कल्पनाहरु एक्कासि मडारिन थाले । अस्ति पढेको ड्राकुला सम्बन्धी कथाले मलाई झन् डराउन दियो । हलिउडको हरर मुभी सम्झेर म डरले थुर–थुर भए । हरर मुभि हेर्दा चैँ मजा आउथ्यो तर त्यसको पिडा मैले आज भोग्दै छु ।

गोजीबाट मोबाइल निकालें , ब्याट्री सकियर स्विच अफ भएको रहेछ । तनाव भएपछि अलिकति अगाडि पुगेर गाडी पर्खने सोच बन्यो । घडीले साढे एघार बजाएपछी म हिडेरै आधा किलोमिटर जति वर आईपुगे । यहाँ एउटा पुल थियो , पुलमा अडेस लागेर बसे ।

परबाट एउटा बाईक आए जस्तो लाग्यो । सडकको बिचमा पुगेर रोके ।

उ रोकियो । तर एउटा स्कुटीमा तीन जना सवार थिए । दारुले फिट भएका उनीहरूले मलाई लिफ्ट दिएनन । बरु हिडेरै भए पनि सल्ले बजार सम्म जान सुझाव दिए ।

अब यो बेला कुनै सवारी साधन नपाईने उनीहरूले बताए । दारुले फिटान भयका उनीहरू गीत गाउदै अगाडी बढे , म चैँ अन्धकार जङ्गलमा ट्वाँ परे ।

उनीहरू निस्केपछी मलाई कता जाऊ भयो , सल्ले बजार तिर जाऊ भने अझै तीन घण्टाको पैदल बाटो छ । अघि आएकै तिर फर्कौ भने त्यो गाउमा पुगेर न बाँस पाउनेछु , न कोही आफन्त छन् । बिल्कुलै अपरिचित ठाउँमा म बिचल्लीमा परे ।

पुल पार गरेपछि एउटा घना जङ्गल आयो , जङ्गलमा गएर एउटा बलियो काठ भाचेर टेक्ने लौरो बनाए । जसले मलाई जंगली जनावरबाट बचाउथ्यो अनि हिडदा आडभरोसा पनि दिलाउथ्यो ।

औंसीको निस्पट कालो रातमा कहिले नहिडेको जङ्गलको बाटो सल्ली बजार पुग्ने आट मैले गरे । न कुनै बत्ती छ , न मोबाइलमा ब्याट्री । हातमा एउटा घडी छ त्यो पनि राम्रो सँग देखिँदैन ।

म हिडिरहे , सल्ली बजारलाई लक्ष्य बनाउँदै हिडिरहे ।

एक घण्टा हिडेपछी अलिकति उकालो आयो । ठुला ठुला रुख मात्र भएको घना जङ्गलमा उकालो हिडदा थाकेपछी एकैछिन सुस्ताउने मन लाग्यो । निक्कै थकाई लागेर होला , म अरू हिडन नसक्ने भए ।

बाटैको छेवमा भएको ठुलो ढुङ्गामा गएर झोला राखे । अनि त्यही झोला माथि थचक्क बसेर आफू हिडेर आएको बाटो तर्फ आँखा दौडाए । मेरो भाग्य भनौ या खुसीको कुरा , मेरो पछि एउटा मान्छे उज्यालो बालेर म तिरै आउँदै थियो ।

उ भन्दा अघि हिडने मनसायले उठेर ब्याग बोके । फेरि सोचे , सँगै गए जङ्गलको बाटोमा डर हुन्थेन ।

उसलाई कुरे । उ उस्तै मन्द गतिले म तिर आइरह्यो ।

अहिले चैँ निक्कै डरलाग्दो अवस्था आयो । नजिकै आएको त्यो उज्यालो बत्ती सहितको मान्छे एक्कासि गायब भयो । बत्ती पनि छैन र त्यो मान्छेको आकृति पनि ।

म अलि धेरै डराए । हिडने गतिलाई अलि बढाए ।

डरले पछाडि पनि नहेरी आफ्नै तालमा हिडेर उकालो पार गरे । तर्केर हिडेको कारणले होला , थकाई लाग्यो अनि उभिए । नचाहेरै पनि पछाडि फर्केको , त्यो उज्यालो सहितको मान्छे फेरि आउँदै थियो ।

यो पटक म उभियर उसलाई कुरे ।

चारैतिर जङ्गल थियो , दौडेर भाग्ने अवस्था थिएन । कोही आउँदै होला भन्ने सोचेर पर्खिय तर यो पटक पनि उस्तै गरेर एकाएक गायब भयो ।

मेरो मुटुको धडकन बढ्यो , थकानले बढेको सास अहिले डरले बढन थाल्यो । डरको अगाडि थकान गायब भयो अनि म फेरी दौडिय ।

ओ हो ! अगाडि दुई तीन जना मान्छे उस्तै उज्यालो बालेर हिडदै गरेको देखे । पछाडि आउँदै गरेको मान्छे एक्कासि गायब भएसी दौडन सुरु गरेको म मुस्किलले दस मिनेट दौडिय हुला । तर अहिले पछाडि पनि उस्तै नजिक आउँदै छ अनि अगाडि अरू धेरै त्यस्तै गरेर हिडदै छन् । म बिचमा परे ।

डरले कति सम्म गलाएको छ भन्ने कुरा मलाई मात्र महसुस भयको छ यति बेला । बेस्सरी चिच्याएर रुदै कसैलाई गुहार्न मन छ तर सक्दिन ।

पछाडि आउँदै गरेको मान्छेलाई जितेर अगाडि जाँदै गरेका मान्छेको नजिक पुग्न साहस बटुले । अनि फेरि एक छिन दगुरे ।

अगाडी हिडिरहेका उनीहरूलाई म जति जोडले दगुर्दा पनि भेटाउन सकिन । अनि जति जोडले कुदेर भाग्दा पनि पछाडि आउँदै गरेको मान्छे मेरो एकदम नजिकै थियो । यो कस्तो अचम्म हो ? न जित्न सक्छु न भेटाउन । ठ्याक्कै भूतको फिल्ममा भएको सिन यति बेला मलाई हुँदैछ ।

म धेरै दगुर्दा थाके अनि सडकको तलतिर गएर रुखको आड लागेर थकाई मार्न थाले । जहाँ एक छिन लुक्न पनि सकिन्थ्यो । पछाडिबाट कसैले मेरो काधमा हात राखेर सोध्यो ‘ एक्लै छौ ? ’

म झसंग भए , एक्कासि पछाडि फर्केर हेरे । एउटी जवान केटी हातमा दियो लिएर उभियकी थिई । म चिच्याउन खोजे , उसले मेरो गालामा हात राख्दै भनी ‘ नडराउ ! म पनि एक्लै छु । आऊ यतै बसौ एकै छिन अनि जाउला । ’

डराउदै भए पनि म उसको पछि लागे । दस मिटर जति पर पुगेपछि उसले समतल ठाउँमा बसाल्दै भनी ‘ तिम्रो नाम के हो ? ’

मैले उसको प्रश्नको उत्तर दिनु भन्दा पैला यता उता हेरे ।

ओ माई गड ! यो ठाउँ त चिहानघाट रहेछ । मेरो मुटु निक्कै जोडजोडले भडकिदै थियो ।

डराउदै भने ‘ नाम दीपक हो । घर पालुङटार । ’

उ मेरो नजिक आउँदै भनी ‘ नडराउ ! तिमीलाई आज मस्तीको दुनियामा लैजान्छु । ’

म उठेर हिडन खोजे , उसले बाटो छेक्दै भनी ‘ यो मध्यरातमा म तिमी सँगै छु । तिमी जहाँ जान्छौ , त्यहाँ मलाई पाउछौ । ’
यती भनेर उसले मलाई अँगालोमा बेरी अनि ओठ सम्म आफ्नो ओठ लिएर चुम्न खोजी । म उसको अँगालोबाट फुत्कीए अनि भागे ।

म दौडिएं , उ उतै हास्दै थिई ।

बाटोमा निस्केर बेस्सरी पाइला चाले । अहिले न अगाडि कुनै उज्यालो बोकेका मान्छे थिए न त पछाडि । म एक्लो थिए ।

घडी हेरे । एक बज्दै थियो । अझै सम्म सिम्ले बजार देखिने छाटकाट थिएन । म जोडजोडले ठुला पाइला चालिरहे उसले नभेटाउने आशामा भागीरहे ।

‘थकाई लागे होला , आऊ एक छिन बसौ । ’ उहीँ केटी मेरो अघिल्तिर प्रकट भएर आग्रह गरी ।

म निक्कै अत्तालिए । यति बेला मेरो होस उड्यो ।

म भाग्न खोजे , तर सकिन । मेरा खुट्टा लुला भए , शरीर चिसो भयो ।

उसको हातको दियो एक्कासि निभ्यो । अनि उसले मलाई अँगालोमा बेरेर सडक देखि तल झारी ।

उ अघि अघि अनि म पछि पछि लागेर जङ्गलको भित्र छिरेपछी फेरि एउटा चिहानघाट आयो ।

म होसमा छु तर न बोल्न सक्छु न त भाग्न । म अर्धचेत अवस्थामा छु । इसारामा नाच्ने बादर जस्तै भएको छु यति बेला ।

डराउदै छु तर रुन सक्दैन । उसलाई छाडेर भाग्न सक्दैन । उसको आत्माले मलाई नराम्रो सँग पकडिसकेछ । म उसको इसारामा नाच्दै हिडे ।

मसानघाटको कुनामा एउटा सानो झुपडी थियो । त्यही झुपडी भित्र उसले मलाई डो¥याउदै लागि । म नसामा लठ्ठिय जस्तै हिडेर उसको त्यो झुपडिमा प्रवेश गरे ।

झुपडि भित्र एक दर्जन भन्दा धेरै उस्तै केटीहरू थिए । सबैले हातमा दियो समातेर , कपाल फिजायर नाच्दै केही भजन गाउदै थिए । सबै एकदमै सुन्दर थिए । म त्यो झुपडीको एउटा कुनामा बसे ।

नाच्दै गरेका ती किचकन्याहरुले मलाई पालै पालो चुम्न थाले । कसैले मेरो कपडा खोल्न थाले भने कसैले मलाई अँगालोमा बेस्सरी कस्न थाले ।

म एक्कासि बेहोस जस्तै भएर ढले ।

बिहान सात बजे बिउतिदा म सिम्ले बजार भन्दा दुई किलोमिटर वर टोडकेखोलाको बगरमा लडेको थिए । स्थानीय व्यक्तिले बगरमा लडेको देखेर मलाई उठाउन आएका रहेछन् । म स्वस्थ थिए । पूरा निद्रा पुगेको अवस्थामै थिए । तर रातभर किचकन्याले बलात्कार गरेर होला निक्कै कमजोर भएको थिए ।

उक्त कथालाई हिमाल पोस्टको अनुमति बिना कुनै पनि अनलाईनले साभार गरेको पाईएमा कडा भन्दा कडा कारवाही गरिने छ ।