विवादमा बलायर- कांग्रेस नेता भन्छन्, 'प्रदेश सभापति भन्न पनि लाजै भयो' - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

विवादमा बलायर- कांग्रेस नेता भन्छन्, ‘प्रदेश सभापति भन्न पनि लाजै भयो’



डोटी- मंसिर ४ गते हुने संघीय निर्वाचनमा लड्ने तयारी गरेका नेपाली कांग्रेसका प्रदेश सभापति तथा पूर्वमन्त्री बीरबहादुर बलायरले ज्यान मार्ने धम्की दिएको समाचार प्रकाशन भएपनि खैलाबैला भएको छ ।

डोटीमा कांग्रेसका स्थानीय नेताहरूलाई उचालेर आफ्ना स्वार्थ पुरा गरिरहेका बलायरले शिखर नगरपालिका निवर्तमान मेयर सिताराम जोशीलाई फोन गरेर गालीगलौच गरेको र ज्यान मार्ने धम्की दिएका छन् । उनले धम्की दिएको अडियो समेत बाहिरिएको छ।

उक्त समाचार प्रकाशनपछि बलायर समूहले चर्को दबाब दिएपछि स्पष्टीकरणसहितको फेसबुक स्टाटस लेखना बाध्य बनेका थिए । तर स्टाटस लेखेका जोशीले १२ घण्टा नबित्दै पुन: स्टाटस डिलिट गरेका थिए। बलायरले राति ११ बजेदेखि ११:३० सम्म फोन गरेर तथानाम गाली गरेपछि विच्छिप्त बनेका जोशी अहिले त्रसित छन् ।

हामीलाई प्राप्त जानकारी अनुसार ज्यान मार्ने धम्की दिएका बलायरले अहिले पनि धम्क्याउने गरेको बुझिएको छ । यतिबेला नेता जोशी आफ्नो ज्यान जोगाइदिन भन्दै विभिन्न नेताहरूको घर धाउन थालेका छन्। संसदमा उठ्ने तयारी गरेका व्यक्तिबाट भएका यस्ता घटनाले जिल्लाका कांग्रेस नेताहरू टाउको लुकाउनुपर्ने अवस्थामा पुगेका छन् ।

को हुन् बलायर ?

विद्यार्थी राजनीतिदेखि नै गुण्डागर्दी गर्दै आएका बलायरका अन्य काण्ड पनि छन् । हाल कांग्रेस सुदूरपश्चिम प्रदेशको सभापति रहेका बलायरले पार्टी राजनीतिमा पनि धम्क्याउने, थर्काउने गरेका घटना आफूहरूले सुन्ने गरेको केहि नेताहरूले बताउँछन् ।

डोटी घर भएका बलायरको काठमाडौंमा टन्न सम्पत्ति जोडेका छन् । विद्यार्थी राजनीतिबाट आएका उनले अन्य कुनै कारोबार नगरे पनि सम्पत्ति कसरी जोडे त्यो पनि आश्चर्यको कुरा छ । कसैले सोध्यो भने उनले उपहार आएको भन्ने गरेको एक नेताले बताए ।

एकताका बलायर भनेपछि नामिसहरू डराउने अवस्था थियो । उनी जुवा, तास र रक्सीमा यति लिप्त भए कि कसैले सुधार्न नसकेर उनलाई सुधार्न डा. आरजु राणा गुहार्नु परेको थियो । यो कहानी आरजु आफैले बताउने गरेकी छन् । पहिलो पटक डोटी क्षेत्र नम्बर १ बाट टिकट पाउँदा उनकै गाउँ बांडुरी सैनमा पनि आरजुले यो कहानी सुनाएकी थिइन् ।

पार्टीबाट तीन टिकट पाएका बलायरले जित्न भने एकपटक मात्रै सकेका छन् । पार्टी स्रोतका अनुसार अहिले पनि उनले जित्ने सम्भावना छैन । तीन टिकट पाउँदा एकपटक मात्र जितेका उनले केहि समय भौतिक योजना तथा निर्माण मन्त्रालयको सम्हाल्ने मौका पाए । एकपटक मन्त्री बन्दा पनि उनले आफ्नो व्यबस्थापन भने मज्जैले गरेको बताइन्छ ।

सुदूरपश्चिमका एक नेताले भने, ‘उहाँले घर सुरालीले दाइजो दिएको र गाडी साथिले गिफ्ट दिएको भनेर हल्ला गर्नु भएको छ। तर, त्यसको वास्तविकता हामीलाई थहा छ,’ ती नेताले भने। २०५१ सालमा डोटी कांग्रेस जिताउन छोडेर कैलाली पुगेर स्वतन्त्र उम्मेदवार दिब्यश्वरी शाहलाई सहयोग गरेको आरोपसमेत उनीमाथि छ।

कार्यकर्ता र जनताको बीचमा अलोकपृय भएका बलायरले यसपालिको निर्वाच टिकट लिएर जुन सुकै जिल्लाको क्षेत्रमा गएर निर्वाचनमा लडे पनि नजित्ने कांग्रेस वृत्तमै चर्चा हुनेगरेको छ ।

उनकै प्रदेशका एक नेताका अनुसार बलायरजस्ता नेतालाई पार्टीले पत्याएकै कारण कांग्रेसप्रति जनताको विश्वास घटेको बताउँछन् । उनले भने, ‘ताल परे जे पनि गर्ने यस्ता बलयार जस्ता नेतालाई विश्वास गर्ने र टिकट दिने कारणले नै पार्टीप्रति जनताको विश्वास घटेको हो । बलायरलाई पार्टीले टिकट दिएर मात्रै भएन, कहाँबाट जित्न सक्लान र ?’

त्यतिमात्रै होइन बलायरले अत्तरियामा राजधानी बन्न नदिने विवादित अभिव्यक्ति दिएका कारण पनि अहिले उनी चर्चामा छन् । केहिदिन अगाडी डोटीमा पत्रकार सम्मेलन गर्दै उनले अत्तरिया राजधानी हुने कुराको निकै विरोध गरे । उनी डोटीबाट चुनाव लड्ने जस्तो देखिएपछि उनले अत्तरियाको विरोध गरेका थिए तर अहिले त्यहि विरोधका कारण उनी समस्यामा पर्ने देखिएको छ ।

पछिल्लो समय उनका अनेक काण्ड सुनेर एक नेताले प्रदेश सभापति भन्न पनि आफूहरूलाई लाज लाग्ने गरेको बताए । ‘उनका त अनेक काण्ड छन्, काण्ड सुनेरै उनलाई प्रदेश सभापति भन्न लाज लाग्न थाल्यो । पहिले त काठमाडौं बस्थे खासै थाल हुँदैनथ्यो, अहिले चुनाव लड्न सुदूरपश्चिम बढी आउन थालेका छन् । सबै काण्ड थाहा पाउन थालियो ।’ उनले भने ।

उनीबारे थप समाचार-

कांग्रेस नेता वीर बहादुर बलायरद्वारा ज्यान मार्ने धम्की

अत्तरिया राजधानी स्वीकार्न नसक्ने बलायरलाई जनताले स्वीकार्लान्?

आफ्नो स्वार्थ पुरा गर्न स्थानीय नेता उक्साउँदै बलायर