बाल बाटिका क्रीकेट कप : गुरुकुल,आरएमइ र कालिकाकाे विजयी सुरुवात - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बाल बाटिका क्रीकेट कप : गुरुकुल,आरएमइ र कालिकाकाे विजयी सुरुवात



बाैनिया,कैलाली ।
बर्दगाेरिया गाउपालिकामा जारि प्रथम प्रदेश स्तरिय बाल बाटिका क्रिकेट लिग २०७६ मा क्याम्ब्रीज स्कुल वलिया,अार.एम.इ टिकापुर र कालिका माध्यमिक बिधालय नाैनियाले विजयी सुरुवात गरेको छ ।

तेस्रो दिनकाे पहिलाे खेलमा गुरुकुल वलियाले उज्यालो लम्कि लाई ५ विकेटले हराउदा दाेस्राे खेलमा अार.एम.इ टिकापुरले लिटिल बुद्ध महेन्द्रनगर लाई १४ रनले हराउदा दिनकाे अन्तिम खेलमा कालिकाले पानसदिप लाई ६ विकेट ले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेकाे पानसदिप स्कुल लम्किले निर्धारित १५ अाेभरमा ८ विकेट गुमाउँदै ७० रन बनायकाे थियाे । जसका लागि गाैरव बि.सीले २७ बलमा ३ चाैकाकाे मदतमा २३ रनको याेगदान गर्दा अन्यकाे प्रदशन सम्झन लायक रहेन । बलिङ तर्फ कालिका माध्यमिक बिधालय नाैनियाका बर्लिन गिरिले ३ अाेभरमा २ मेडन राख्दै ७ रन खर्चियर २ विकेट लिदा भजन बाेहरा र चक्र शाहीले समेत समान २-२ विकेट लियका थिए । ७१ रनकाे विजयी लक्ष्य लियर मैदान प्रवेश गरेकाे कालिका माध्यमिक बिधालयले ९.५ अाेभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्याे । उसकाे जितमा नवीन साउदले १० बलमा आक्रमक पारि खेल्दै ४ चाैकाकाे मदतमा २३ रन बनाउदा भरत खड्काले ११ बलमा ३ चाैकाकाे मदतमा १७ रन बनाएका थिए ।

बलिङ तर्फ पानसदिपका भुपेस बसेन्तले २ अाेभरमा ८ रन खर्चिदै २ विकेट लिएका थिए । साे खेलमा कालिका माध्यमिक बिधालय नाैनिकाका कप्तान म्यान अफ द म्याच घाेषित भए । प्रतियोगिता का चाैथाे दिन बुधबार समेत तीन खेल हुने प्रतियोगिता संयाेजक प्रमाेद मल्लले जानकारी दिएका छन् ।