बाल बाटीका क्रीकेट लिग :आरएमइ र लिटिल फ्लावर विजयी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बाल बाटीका क्रीकेट लिग :आरएमइ र लिटिल फ्लावर विजयी



सुखड,कैलाली । कैलालीको बर्दगोरिया गाउपालिका जारि प्रथम प्रदेश स्तरिय बाल बाटिका क्रिकेट लिग २०७६ बुधबारको खेलमा आर.एम.इ टिकापुर र लिटिल फ्लावर धनगढी बिजयी भएको छ । बुधबारको पहिलो खेलमा आर.एम.इ स्कुल टिकापुरले दोस्रो जित दर्ता गर्दै क्याम्ब्रिज स्कुल वलियालाई २५ रनले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ थालेको आर.एम.इले निर्धा्रित १५ ओभरमा ८ विकेट गुमाउँदै ८२ रन बनाएको थियो । ८३ रनको विजयी लक्ष्य लियर मैदान उत्रेको क्याम्ब्रिज निर्धा्रित १५ ओभर मध्ये १४.१ ओभरमा ५७ रनमा समेटिएको थियो ।

यस्तै बुधबारको दोस्रो खेलमा गणेश बाबा टीकापुरलाई हराइदै लिटिल फ्लावर धनगढी बिजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको लिटिल फ्लावर धनगढिले निर्धा्रित १५ ओभरमा ६ विकेट गुमाउँदै ८४ रन जोडेको थियो । ८५ रनको विजयी लक्ष्य लियर मैदान प्रवेश गरेको गणेश बाबा निर्धा्रित १५ ओभरमा ९ बिकेट गुमाउँदै ७० रन मात्र जोड्न सफल भएको थियो ।

बुधबारको अन्तिम खेल गुरुकुल र युनाइटेड टिकापुर बिच हुने भनिए पनी गुरुकुलले प्रतियोगिता को नियम उल्लंघन गरेकाले प्रतियोगिता सहभागी नगराइएको आयोजक नव बाल बाटिका बिधा मन्दिरका संस्थापक प्रमोद मल्लले जानकारी दिएका छन ।