बाल बाटिका क्रिकेट: पानसदिप,उइसडम र उज्यालो विजयी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बाल बाटिका क्रिकेट: पानसदिप,उइसडम र उज्यालो विजयी



बाैनिया,कैलाली ।
कैलालीको बर्दगाेरिया गाउपालिका- ४ मुडा बजारमा जारी बाल बाटिका क्रिकेट लिग २०७६ काे साताै दिन पानसदिप लम्कि,उइसडम एकेडेमी बेलाैरि र उज्यालो शिक्षा सदन लम्किले जित दर्ता गरेका छन् ।

आजको पहिलो खेलमा कैलाली नेशनल लम्कि लाई पानसदिप लम्किलि ८ रनले हरायकाे थियाे । साे खेलमा पानसदिपका गाैरव बि.सी ३ अाेभरमा ३० रन खर्चिदै २ विकेट र २० बलमा ३ चाैका र १ छक्का काे मदतमा नट अाउट २६ रन बनाउदै म्यान अफ द म्याच घाेषित भए ।
त्यस्तै आजकाे दाेस्राे खेलमा उइसडम एकेडेमी बेलाैरि ले बसन्त मुरारि माध्यमिक बिधालय बाैनिया लाई ३६ रनको फराकिलो अन्तरले हरायाे । साे खेलमा ३ अाेभरमा ११ रन खर्चिदै २ विकेट र ब्याटिङ तर्फ ४२ बलमा ४ चाैकाकाे मदतमा २९ रन प्रहार गर्ने उइसडमका सुशील पन्त साे खेलका म्यान अफ द म्याच घाेषित भए ।

त्यसैगरी आजकै अन्तिम खेलमा उज्यालो शिक्षा सदन लम्कि र युनाइटेड एकेडेमी टिकापुर बिच टस जितेर पहिले ब्याटिङ गर्दै युनाइटेड एकेडेमी टिकापुरले निर्धारित १५ अाेभरमा ५ विकेट गुमाउँदै ९५ रन जाेडेकाे थियाे । उसका लागि सैलेस थापाले ३१ बलमा ३ चाैकाकाे मदतमा २८ रन बााउदा टिकाराम जैशिले १९,सराेज बुढाले १७ र सुदर्शन चाैधरि ११ रनको याेगदान गरेका थिय । बलिङ तर्फ उज्यालो का प्रमाेद शाहीले ३ अाेभरमा १७ रन खर्चिदै २ विकेट लिएका थिए ।

९६ रनको विजयी लक्ष्य लियर मैदान उत्रेको उज्यालो निर्धारित १५ अाेभर मध्य १४.५ अाेभरमा ६ विकेट गुमाउँदै ४ विकेट ले जित दर्ता गरेको हाे । उसकाे जितमा किरण बाेगटिले २१ बलमा ४ चाैकाकाे मदतमा नट अाउट २३ रन प्रहार गर्दा पवन चाैधरिले २३ बलमा ३ चाैकाकाे मदतमम २० रनकाे याेगदान गरेका थिय । बलिङतर्फ युनाइटेड का शुजल गरि,करन नाथ,महेश भण्डारी र शुजल गिरिले समान १-१ बिकेट लियका थिय ।

साे खेलमा २१ बलमा ४ चाैकाकाे मदतमा नट अाउट २३ रन प्रहार गर्ने उज्यालो काे किरण बाेगटि म्यान अफ द म्याच चुनिय। प्रतियोगिता अन्तरगत अाठाै दिन अाइतबार समेत तीन खेल सञ्चालन हुने अायाेजक बिधालयका प्रिन्सिपल तथा प्रतियोगिता संयाेजक प्रमाेद मल्लले जानकारि दिनु भएको छ ।

असाेज २६ गते बाट सुरु भएको प्रतियोगिता कार्तिक ९ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा कैलाली र कञ्चनपुरका गरि १६ वटा सामुदायिक र संस्थागत बिधालय हरुकाे सहभागिता रहेको छ । प्रतियोगिता काे विजेताले नगद १ लाख १ हजार पुरस्कार पाउँदा उप विजेता ले पुरस्कार स्वरुप ५१ हजार प्राप्त गर्नेछ ।