बलदेबको पहल प्रदेश ५को राजधानी कपिलवस्तु । - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

बलदेबको पहल प्रदेश ५को राजधानी कपिलवस्तु ।



आभास पौडेल /कपिलबस्तु २२ कातिक ।

आज कपिलवस्तु गठबन्धनको कपिलवस्तु प्रतिनिधि सभा १ प्रदेश सभा २ को चुनावी प्रचारप्रसार सम्पर्क क्षेत्रीय कार्यलयको उद्घाटन गर्दै बामगठबन्धनबाट कपिलबस्तु १ मा प्रतिनीधिसभाका लागि उम्मेदवार चन्द्रप्रसाद खनाल बलदेवले आफूले चुनाव जिते कपिलबस्तुलाई प्रदेश राजधानी बनाउन पहल गर्ने बताएका छन् ।

प्रदेश नम्बर ५ को दाङ र बुटवल कहाँ प्रदेश राजधानी बनाउने भन्ने विषयमा राजनीतिक दलहरू विभाजित भएका बेला नेता खनालले यी दुई ठाँउको बिचमा पर्ने कपिलबस्तुमा प्रदेश राजधानी बनाउन पहल गर्ने बताएका हुन । खनालले कपिलबस्तु जिल्लाको विकास तथा मधेसका मुद्धाका लागि आफूले पुरै पहल गर्ने बताए । उनले बामगठबन्धनको जित निश्चित भएको भन्दै अब चुनावबाट अनुमोदन गर्न मात्र बाँकी रहेको बताए । कार्यलयको उद्घाटन प्रतिनिधि सभाका १ उम्मेदवार कमरेड चक्रपाणी खनाल बलदेवले गर्नुभएको थियो ।