बालेन्द्र शाहविरुद्ध नाराबाजी - Himal Post Himal Post
  • २२ श्रावण २०७९, आईतवार
  •      Sun Aug 7 2022

बालेन्द्र शाहविरुद्ध नाराबाजी



काठमाडौँ- व्यवसायीहरूले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

बुधबार साँझ नगर प्रहरीले सडक छेउका व्यवसायीहरुका सामान उठाउन थालेपछि व्यवसायीहरूले शाहविरुद्ध नाराबाजी गरेका हुन् ।

नयाँ बानेश्वरस्थित सडक छेउमा व्यापार गर्दै आएका व्यवसायीहरूलाई नगर प्रहरीले हटाउन थालेपछि व्यवसायीहरूले प्रमुख शाहविरुद्ध नाराबाजी गरेका हुन् ।

नगरपालिकाले अर्को व्यवस्थापन नगरिकन आफ्नो व्यापार बन्द गराउन खोजेको भन्दै अहिले साँझ बानेश्वरस्थित छक्कुबक्कु पार्क नजिकै सडक छेउमा व्यापारीहरू आन्दोलित बनेका हुन् ।

महानगरले पछिल्लो समय अन्य विभिन्न सडकको छेउमा व्यापार गर्दै आएका व्यवसायीहरुका सामान उठाउँदै आएको छ ।