वडा नम्बर ६ मा बालेन पछि परे, स्थापित अगाडी - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

वडा नम्बर ६ मा बालेन पछि परे, स्थापित अगाडी



काठमाडाैं महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । प्राप्त पछिल्लाे परिणाम अनुसार बालेनले ७३३९ मत पाएका छन् ।

एमालेका केशव स्थापितले ३८६२ मत पाएका छन् भने कांग्रेसकी सिर्जना सिंहले ३३५८ मत पाएकी छन् ।

सिर्जना र स्थापित दुवैले पाएकाे मत जाेड्दा पनि बालेनले पाएकाे मत जति पुग्दैन ।

अहिले वडा नम्बर ६ काे पनि मतगणना सुरु भएकाे छ । प्राप्त परिणामअनुसार ६ नम्बर वडामा अहिलेसम्म गनिएकाे मतमा स्थापित अगाडि छन् । उनले २० मत पाएका छन् भने सिंहले १८ मत पाएकी छन् । यहाँ बालेनले १७ मत पाएका छन् ।