अदालतलाई बालेनको प्रश्न- नेपाल देश भनेर कसरी प्रमाणित गर्नु हुन्छ ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

अदालतलाई बालेनको प्रश्न- नेपाल देश भनेर कसरी प्रमाणित गर्नु हुन्छ ?



काठमाडौं- उच्च अदालत पाटनले बुधवार हात्तीसार क्षेत्रमा टुकुचा खोलामाथि बनेका संरचना तत्काल नभत्काउन आदेश दिएसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अदालतलाई प्रश्न गरेका छन् ।

मेयर शाहले अदालतले यस्तो आदेश दिएसँगै बुधबार साँझ सामाजिक सञ्जालमार्फत प्रश्न गरेका हुन् ।

‘फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ, अदालतले टुकुचा( इछुमती ) नदीलाई खोला भन्न सक्दैन भने, नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?’ बालेनले प्रश्न गरेका छन् ।

बुधवार न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले २१ थान मुद्दाको एकै पटक सुनुवाइ गर्दै असोज २६ गतेसम्म हात्तीसार क्षेत्रका ती संरचनामा कुनै काम क्षति नपुर्‍याउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

अदालतको यो आदेशसँगै काठमाडौं महानगरपालिकाको टुकुचा खोला खोज्ने अभियान असोज २६ गतेसम्म रोकिने भएको छ ।