निजि स्कूलको शुल्क घटाउने बालेनको तयारी, नेताको दैलो चहार्दै सञ्चालक - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

निजि स्कूलको शुल्क घटाउने बालेनको तयारी, नेताको दैलो चहार्दै सञ्चालक



काठमाडौं- काठमाडौं महानगरपालिका भित्रका निजि विद्यालयहरूले अब आफूखुसी शुल्क लिन नपाउने भएका छन् । मेयर बालेन शाहले निजी विद्यालयको शुल्क महानगरपालिकाले पुनरावलोकन गर्ने तयारी गरेका छन् ।

मेयर शाहले महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा पनि काठमाडौंका निजि विद्यालयको शुल्कमा कडाई गर्ने संकेत गरेका थिए ।

काठमाडौंभित्रका निजि विद्यालयहरूले मनलाग्दी पैसा उठाएको चर्चा भैरहेका बेला मेयर शाहले गरेको यस्तो तयारीले धेरै अभिभावक लाभान्वित हुनेछन् ।

नीति तथा कार्यक्रममा शाहले निजि विद्यालयको शुल्क वैज्ञानिक तरिकाले निर्धारण हुँदा अहिले भएको शुल्कमा पुनरावलोकन गर्ने बताएका थिए ।

अहिले काठमाडौंका निजि विद्यालयहरूले शुल्कको आतंक नै मच्चाएका छन् । सरकारी विद्यालय राम्रा नहुँदा निजि विद्यालयमा बच्चा पढाउनुपर्ने अभिभावकको बाध्यताको फाइदा उठाएर निजि विद्यालयले विभिन्न शिर्षकका चर्को शुल्क असुलीरहेका छन् ।

यदि महानगरले विद्यालयको अनुगमन गरेर शुल्क समायोजन गर्ने हो भने लाखौँ अभिभावक लाभान्वित हुनेछन् ।

मेयर बालेन शाहको यस्तो तयारीपछि निजि विद्यालय सञ्चालकहरूको दौडधुप चलेको छ । उनीहरूले नेताहरूको घरदैलोमा पुगेर महानगरको यस्तो तयारी रोक्न बार्गेनिङ गर्न थालेका छन् ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपेव शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा पुगेर निजि विद्यालय सञ्चालकहरूले बिन्ती गर्न थालेको बताइएको छ ।