बालेन शाहले उठाए प्रचण्डको नैतिकतामाथि प्रश्न - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

बालेन शाहले उठाए प्रचण्डको नैतिकतामाथि प्रश्न



काठमाडौं- काठमाडौंको फोहोर लैजाने ककनीको बाटो नबनेकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति अस्न्तुष्टि जनाएका छन् ।

सामाजिक सञ्जालमा ककनी जाने बाटोको भिडियो पोष्ट गर्दै उनले यसको दोषीका रूपमा प्रच्णडलाई समेत उभ्याएका छन् । यो बाटो प्रचण्ड बस्ने घरका मालिक शारदा अधिकारीले बनाउने भनेको र बाटो नबनाएकोमा उनलाई प्रश्न गरेका छन् । बालेनले प्रचण्डलाई देश विकास गर्दैछु भन्ने नैतिकता नरहेको तर्क गरेका छन् ।

‘श्रीमान् प्रचण्डज्यू ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो बिगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर’ बालेनले लेखेका छन् ।