विवादमा परेपछी बालेनले भने: आफ्नै तलबबाट यम बुद्धको सालिक बनाउँछु - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

विवादमा परेपछी बालेनले भने: आफ्नै तलबबाट यम बुद्धको सालिक बनाउँछु



काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नै तलबबाट यम बुद्धको सालिक बनाउने घोषणा गरेका छन् ।

महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेटमा सालिक निर्माणको लागि बजेट विनियोजन गरेपछि विवाद सिर्जना भएको थियो ।

सामाजिक सञ्जाल र विभिन्न क्षेत्रबाट महानगरको उक्त कदमको विरोध हुन थालेपछि मेयर शाहले यस्तो घोषणा गरेका हुन् ।

सामाजिक सञ्जालमा मेयर शाहले भनेका छन्, ‘म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु। तपाईँहरूको दिन शुभ रहोस् ।’

आर्थिक वर्ष २०७९/८० को लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट अघि सारेको महानगरले यम बुद्धको सालिक निर्माणका लागि भनेर १५ लाख रुपैयाँ छुट्टाएको छ । गत असार १० गते पेश भएको उक्त बजेट तीन चरणको छलफल पश्चात् आज शुक्रवार सर्वसम्मत पास भएको हो ।

यम बुद्ध नेपाली र्‍याप क्षेत्रका अग्रज कलाकारका रूपमा चिनिन्छन् । उनले सन् २०१७ मा आत्महत्या गरेका थिए । बालेन साह यम बुद्धद्वारा सञ्चालित र्‍याप गायन सम्बन्धित कार्यक्रम ‘र बार्ज’ र्‍याप ब्याटलमार्फत नै र्‍याप क्षेत्रमा परिचित भएका हुन् ।