ट्याक्टरले किचिएर तीन जना बालिकाको ज्यान गयो - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

ट्याक्टरले किचिएर तीन जना बालिकाको ज्यान गयो



हिमाल पोष्ट / जनकपुर, चैत २

धनुषाको गोठकोयलपुरमा ट्याक्टरले किचिएर तीन जना बालिकाको ज्यान गएको छ ।

बुधबार बिहान ११ बजेतिर गिद्धाबेलापट्टीबाटा ईट्टा लिएर आउँदै गरेको ज १ त ३६२२ नम्बरको ट्याक्टरको स्टेरिङ फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ज्यान जाने बालिकाहरुमा गोठकोयलपुर–९ का सोखीलाल साफीकी तीन वर्षकी छोरी सविता साफी, श्याम साफीकी पाँच वर्षकी छोरी संजिता साफी र ठेकुवा साफीकी पाँच वर्षकी छोरी प्रिया साफी रहेको ईलाका प्रहरी कार्यालय यदुकोहाले जनाएको छ ।

प्रहरी निरीक्षक पवन कान्त झाका अनुसार तीनै जनाबालिका शौच गर्न गएको बेला आउँदै गरेको ट्याक्टरको स्टेरिङ  फेल भएर ट्याक्टर सडक छेउमा पल्टेको हो ।

मृत बालिकालाई पोष्टमार्टमा लागि जनकपुर अञ्चल अस्पतालमा लग्ने तयारी भइरहेको र घटना विषयमा थप अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो ।