बालकृष्ण ढुंगेललाई प्रहरीले भेट्टाउँदैन्, नागरिकले भेट्छन् - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बालकृष्ण ढुंगेललाई प्रहरीले भेट्टाउँदैन्, नागरिकले भेट्छन्



हिमाल पोष्ट / २२ पुस, काठमाडौं । सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैद सजाय तोेकिएका बालकृष्ण ढुंगेल सुरक्षाको नजरमा फरार छन् ।

तर आम सर्वसाधारणले दिनप्रतिदिन भेटिरहेका छन् । प्रहरीले उनलाई अझैपनि फरारको सूचीमा राखेको छ । उनले भने सर्वसाधारणलाई सुरक्षानिकायकै अगाडी खुलेआम भेटिरहेका छन् । सुरक्षा निकायले राजनीतिक ‘मौका’ कुर्दाकुर्दै सर्वस्वसहित जन्मकैद सजाय तोेकिएका बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सकेको छैन ।

सर्वोच्च अदालत फैसला कार्यान्वय निर्देशनालयले गृहमन्त्रालय र मातहतका निकायलाई गरेको पत्राचारको जवाफ ‘फरार’ भन्ने आयो । तर उनलाई सर्वसाधारण नागरिकले भेटिरहेका छन्, प्रहरीले भेट्न सकेको छैन ।

ओखलढुंगाका व्यापारी उज्जन श्रेष्ठको हत्या कसुरमा १२ वर्ष पाँच महिना २२ दिन कैद भुक्तान गर्न बाँकी ढंगेललाई प्रहरी प्रशासनले फरारकै सूचीमा राखेको छ । तर काठमाडौंको कपन क्षेत्रमा उनी निर्धक्क डुलिरहेको प्रत्यक्षदर्शी सर्वसाधारणले बताएका छन् ।

तत्कालीन विद्रोही नेकपा माओवादीका कार्यकर्ता पुष्कर गौतम, ढंगेललगायत नौ जनाको समूहले २०५५ असार १० गते ओखलढंगा तारकेराबारीका उज्जन श्रेष्ठलाई गोली हानी हत्या गरेको थियो ।

व्यक्तिगत रिसका आधारमा श्रेष्ठलाई उनीहरुले सुराकीका आधारमा गोली हानी हत्या गरेका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।