दोलखामा एमालेका सिवाकोटीले मतान्तर घटाए - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

दोलखामा एमालेका सिवाकोटीले मतान्तर घटाए



काठमाडौं । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्कीसँग एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले मतान्तर घटाएका छन् ।

हालसम्म कूल २७ हजार ४१७ मतगणना हुँदा सत्ता गठबन्धनबाट उमेदवार माओवादी केन्द्रका कार्कीले १२ हजार ४९० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले ११ हजार ४०६ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

दोलखाको प्रदेशसभा १ मा २२ हजार ५५६ मतगणना हुँदा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले १० हजार ६६९ मत प्राप्त गरेका छन् भने एमालेका नरबहादुर श्रेष्ठले नौ हजार २११ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा २ मा २७ हजार ४८१ मतगणना हुँदा एमालेका भरत केसीले १२ हजार ३३७ र कांग्रेसका बर्मा लामाले १२ हजार २२० मत प्राप्त गरेका छन् ।

दोलखामा कूल ८५ हजार ३८८ मत खसेको थियो । दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए ।

कूल एक लाख ६१ हजार ४५० मतदाता रहेका थिए भने राजनीतिक दलका १४ र स्वतन्त्र उमेदवार सात गरी २१ उमेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।