बाल संरक्षण सम्बन्धि एक दिने अभिमुखिकरण सम्पन्न - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

बाल संरक्षण सम्बन्धि एक दिने अभिमुखिकरण सम्पन्न



मसुरिया,कैलाली । आमा समुहका प्रतिनिधिहरुलाई बालअधिकार तथा बाल संरक्षण सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरीएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका -१० पहलमानपुरमा कार्यक्रम गरीएको हो । सामाजिक विकासको लागि सचेत समाज धनगढिको आयोजनामा भएको कार्यक्रममा नमुना आमा समुह र जिविका आमा समुहका २९ जना महिलाहरुको सहभागिता रहेको थियो ।

बाल विवाह न्युनिकरण, बाल सुरक्षा ,बाल अधिकारकाे साथै बाल घटनामा आमाहरुको भुमिका र बर्तमान समयमा नेपालमा बनेका बाल एेन कानुनमा व्यवस्था गरीएका दण्ड सजायको बारेमा सहभागिहरुलाई जानकारी प्रदान गरीएको थियो । वल्डभिजनसँगको साझेदारीमा गरीएको कार्यक्रमको सहजिकरण (सिएसएसडि)का सामाजिक सहजकर्ता प्रेम चौधरीले गरेका थिए ।