भत्काइयो प्रधानमन्त्री निवास - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

भत्काइयो प्रधानमन्त्री निवास



काठमाडौं- प्रधानमन्त्री निवास अन्तर्गत हाल प्रधानमन्त्री बस्दै आएको भवन नवनिर्माणका लागि बुधबार साँझदेखि भत्काउन शुरु गरिएको छ ।

पञ्चायतकालमा निर्माण गरिएको उक्त भवन निकै पुरानो भएकाले नयाँ बनाउने क्रममा भत्काउन लागिएको हो । नयाँ घर नबनेसम्म प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवासभित्र दक्षिणतर्फ रहेको एक भवनमा अस्थायी रुपमा बस्ने छन् ।

भवन सहरी विकास तथा भवन निर्माण विभागले बनाउने भएको छ । कन्टेक प्रालिले सो भवन निर्माणको ठेक्का पाएको छ । गत भदौ १५ गतेदेखि शुरु भएको भवन निर्माणको कार्य २०७८ भदौ ११ गते निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।

भवनको लागत रु ३३ करोड ८० लाख रहेको छ ।