बम विष्फोट हुँदा कांग्रेस उम्मेदवारसहित ४ जना गम्भीर घाइते - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

बम विष्फोट हुँदा कांग्रेस उम्मेदवारसहित ४ जना गम्भीर घाइते



काठमाडौं- उदयपुरको माउबासी भन्ने ठाउँमा बम विस्फोट हुँदा नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भएका छन्।

कार्की चढेको गाडीमा विस्फोट हुँदा चालक राजन कार्की, धनमाया धौलाकोटी र निरा कटुवाल समेत घाइते भएका छन्। कार्की सवार गाडीलाई लक्षित गरी सकेट बम विस्फोट गराइएको प्रहरीले जनाएको छ।उदयपुर क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार कार्कीको अवस्था गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले जानकारी दिए।

घाइते कार्कीको हातखुट्टा र मुखमा चोट लागेको छ। उनलाई उपचारका लागि काठमाडौं पठाउन हेलिकोप्टर झिकाइएको प्रजिअ श्रेष्ठले जानकारी दिए।

तस्बिर : तेजमणि अधिकारी