वाम गठबन्धनको 'च्याप्टर क्लोज' - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

वाम गठबन्धनको ‘च्याप्टर क्लोज’



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अवस्थामा वाम गठबन्धन हुने सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

शुक्रबार बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनका लागि एमाले एक्लैले तयारी गरिरहेको भन्दै वाम गठबन्धन हुने सम्भावना नरहेको स्पष्ट पारेका हुन् ।

उनले सरकारमा रहेका दलहरु वामपन्थी नरहेको टिप्पणी गरे । ओलीले स्थानीय निर्वाचनमा सिटका हिसावले एमाले दोश्रो दल भएपनि लोकप्रिय मतका आधारमा एमाले नै पहिलो पार्टी भएको दावी गरे ।

कुनै सिद्धान्त‚ विचारबीना नै ६ दलले एमालेलाई हराउन नै गठबन्धन गरेको उनले बताए । ओलीले आगामी निर्वाचनमा एमाले अध्याधिक बहुमतका आधारमा बिजयी हुने दावी गरे ।

त्यस्तै अहिलेको सरकारले संविधानलाई तोडमरोड गरेको ओलीले आरोप लगाए ।