वाम गठबन्धनमा विद्रोहको खतरा, यस्तो छ रहस्य - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

वाम गठबन्धनमा विद्रोहको खतरा, यस्तो छ रहस्य



हिमालपोष्ट/काठमाडौँ-

कम्युनिष्ट केन्द्र बनाउने देखि समाजवादसम्मको सपना बुनेर बनाइएको वाम गठबन्धनमा विद्रोहको खतरा बढेको । प्रदेशसभा र र प्रतिनिधि सभाको चुनावको माहोल बन्दै गर्दा उनीहरू भित्रकै असन्तुष्टिले खतराको बादल मडारिएको हो । माओवादी केन्द्र र एमालेसंग मिलेर चौटा खाना गएका बाबुराम भट्टराई पनि झन्डै झोलमा डुबेनन ।

नेपाली राजनीतिमा एक पछि अर्को चमत्कार देख्न पाइन्छ । वाम गठबन्धन र कम्युनिष्टहरुको एकता यदि स्वार्थ रहित हुन्थ्यो भने यो देश र जनताको आवश्यकता पनि हो तर, अहिलेको वाम गठबन्धनलाई पनि जनताले राजनीतिक चमत्कारकै हिसाबले हेरेका छन् । नेकपा एमालेले काँग्रेसको घमण्ड तोड्न र माओवादी केन्द्रले सिटको लोभमा जोडेको सम्बन्धमा स्वार्थ नै स्वार्थ भरिएको देख्न सकिन्छ ।

६०/४० सँग जोडिएको सम्बन्ध भित्र यति बेला विद्रोहको खतराको बादल मडारिएको छ । खासगरी टिकट वितरणमा समस्या भएको बताउँदै धेरै जिल्लामा नेकपा एमाले र माओवादी केन्द्रका नेताहरू विद्रोहको तयारीमा रहेका छन् । चितवन, बुटवल, पाल्पा, गुल्मी, अर्घाखाँची, दाङ, प्युठान, कैलाली, बाजुरा, बैतडी लगायतका जिल्लामा एमाले तथा माओवादीका नेताहरू प्रदेश सभा र प्रतिनिधि सभाको टिकटको पर्खाईमा छन् र आफ्नो अनुकूल नभएमा बागी तथा स्वतन्त्र उम्मेदवारीको तयारीमा छन् । माओवादीका एक नेताले हिमाल्पोष्ट सँग कुरा गर्दै भने “वाम गठबन्धन मात्र सहेर बस्ने अवस्था छैन १० वर्षे जनयुद्द पछि पार्टीले हामीलाई धेरै आस्वासन मात्र दिएको छ, तर अवसर कहिले पनि दिन सकेन त्यसैले पार्टीमा योगदान दिएका साथीहरूले स्थान पाएनन् भने स्वतन्त्र उम्मेदवारीको तयारी गरिरहेका छौँ ।

माओवादी मात्र होइन एमालेभित्रका स्थानीय तथा केन्द्रीय केही नेताहरूलाई माओवादीसँग पार्टीले गठबन्धन गर्दा आफू तथा पार्टीमा योगदान गरेका सच्चा नेताहरू छुट्ने डर कायमै छ । कतिपय स्थानमा पार्टीको टिकटलाई पर्ख र हेरको अवस्था भएको पनि बताइएको छ ।

खास गरी एमालेले माओवादीलाई दिएको ४० प्रतिसतसंग एमाले नेता र कार्यकर्ता रुस्ट छन् । एक एमाले नेताले यसको विरोध गर्दै भने “बढी नै उदारतावादी छवि देखाउने प्रयास एमाले नेतृत्वबाट भएको छ जब माओवादीले धोका दिन्छ त्यति बेला एमालेलाई छाँगाबाट खसेको महसुस हुनेछ । कुन हैसियतले माओवादीलाई ४० प्रतिशत दिएका हुन् त्यति बेला प्रश्न गर्नुपर्छ ।

खास गरी माओवादीले देखाउने बेला बेलाको चमत्कारले गर्दा धेरै सर्वासाधारणलाई विश्वास छैन यो गठबन्धन लामो समय टिक्छ र पार्टी एकता हुन्छ भन्ने कुरामा । नत्र सिटको बितारणमा प्रतिशतको भागवण्डा किन गर्नु पर्छ ? अहिले नै सहमति गरेर एउटा पार्टी बनाएर चुनावमा जान किन सकिन्न ? यी र यस्तै त्रुटिबाट काँग्रेसले खेल खेल्न सक्छ र चुनावमा बाजी मार्न सक्छ ।