वाम गठबन्धनले ३ दिनभित्र क्षेत्र बाँडफाँड गर्ने , यस्तो छ गृहकार्य - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

वाम गठबन्धनले ३ दिनभित्र क्षेत्र बाँडफाँड गर्ने , यस्तो छ गृहकार्य



काठमाडौं, २० असोज  । 

वाम गठबन्धनले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका क्षेत्र ३ दिनभित्र बाँडफाँड गर्ने भएका छन् ।

क्षेत्र र उम्मेदवार चयनसम्बन्धी कार्यदलको बिहीबार बसेको बैठकमा तीनै दलका प्रतिनिधि सहभागी थिए । अघिल्लो दिन पार्टी एकता संयोजन समितिले एमाले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा उक्त समिति गठन गरेको थियो ।

एमालेकै उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा घोषणापत्र मस्यौदा कार्यदलसमेतको बैठक बसेको थियो । ‘सबै दलले आआफ्ना विवरण राख्ने काम सुरु गरेका छन् ।

हामी गहन ढंगले अध्ययन गरिरहेका छौं,’ संयोजक पोखरेलले जानकारी दिए । दुवै कार्यदलको संयुक्त बैठक बसेको थियो । बैठकले क्षेत्र बाँडफाँड ३ दिनभित्र र घोषणापत्र ७ दिनभित्र तयार पारिसक्ने निर्णय गरेका हुन् ।

बैठकमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुवै कार्यदललाई समयमै काम गर्न आवश्यक निर्देशन दिएका थिए ।

प्रत्यक्षमा एमालेलाई ६० र माओवादी केन्द्रलाई ४० प्रतिशत सिट हुने गरी तालमेल भएको हो । नयाँ शक्ति र अन्य दललाई छुट्याएर बाँकी रहेको सिटमा उक्त प्रतिशतले विभाजन गर्न लागिएको हो । आजको कान्तिपुरमा खबर छ ।