वाम गठबन्धनको सीमा क्षेत्रबाट चुनावी अभियान - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

वाम गठबन्धनको सीमा क्षेत्रबाट चुनावी अभियान



काठमाडौं, कात्तिक १३ ।

मधेसवादी दलका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै वाम गठबन्धनले सीमा क्षेत्रबाट चुनावी अभियान थालेकोे छ ।

प्रदेश र प्रतिनिधिसभाका लागि वाम तालमेल गरेका एमाले र माओवादी केन्द्रले सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्जमा आईतबार संयुक्त सभा गरेका हुन् ।

सभामा दुवै पार्टीले संयुक्त चियापान र पार्टी प्रवेश कार्यक्रम पनि गरे ।

बैशाखमा मधेस जागरण अभियान अन्तर्गत सभा गर्दा एमाले नेता तथा पुर्वप्रधानमन्त्री मात्रव नेपाललाई अवरोध गर्न सावरी साधनमा तोडफोड, आगजानी र बम प्रहार गरिएको थियो ।

त्यही क्षेत्रका मधेसवादी पार्टीमा आवद्ध कार्यकर्तालाई एमालेले आईतबार फुलमाला लगाएर भित्र्याएका छ ।, कान्तिपुरमा खबर छ ।

चुनाब तालमेलपछि पार्टी एकताको तयारीमा रहेका नेकपा एमाले र माओवादीका शीर्ष नेताले एकअर्काको बैठकलाई सम्बोधन गर्ने भएका छन ।

अहिले दुबै पार्टीले संयुक्त निर्वाचन परिचालन र प्रचार समिति बनाएर कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरिरहेका छन । माओवादी केन्द्रका एक नेताका अनुसार पार्टीका विभिन्न कमिटीमा संयुक्त बैठक गरी चुनाव परिचालनको काम भइरहेको छ । अव छिट्टै दुबै पार्टीका नेताहरुले पनि सम्वोधन गर्ने र प्रशिक्षण दिने काम हुन्छ ।

यसैक्रममा अब दुबै पार्टीका अध्यक्षले एकअर्काको बैठकलाई सम्वोधन गर्ने कार्यक्रम रहेका बताइएको छ । मिति र कहाँ कुन कार्यक्रमलाई भन्ने निश्चित नभएपनि त्यो छिट्ट टुंगो लाग्ने उनले बताए ।

अघिल्लो साता मात्रै माओवादी निकट वाइसीएल र एमाले निकट युवा संघको संयुक्त बैठक बसेर तीन हजार एक सय सदस्यीय निर्वाचन प्रचार समिति गठन गरेका दलले अव एकअर्काका बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताए ।

अखिल क्रान्तिकारी र अनेरास्ववियुले पनि १५ गते संयुक्त बैठक आह्वान गरेका छन् । सो बैठकले संयुक्त निर्वाचन परिचालन तथा प्रचार समिति बनाउने र वाम गठवन्धनलाई जिताउन देशभर अभियान सञ्चालन गर्ने क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङले जानकारी दिए ।