बाम गठबन्धन अर्घाखाँचीका उमेदवार भन्छन्, राष्ट्रको समृद्धिको लागि बाम शक्तिको विजयी अपरिहार्य ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

बाम गठबन्धन अर्घाखाँचीका उमेदवार भन्छन्, राष्ट्रको समृद्धिको लागि बाम शक्तिको विजयी अपरिहार्य !



कमल बिस्ट/अर्घाखाँची कार्तिक २७

अर्घाखाँचीमा बाम गठबन्धन बाट उम्मेदवारी दिएका उमेदवार हरुले साच्चिकै राष्ट्र लाई समृद्ध बनाउने हो भने अग्रगामी प्रगतिशील बाम शक्तिको जित अपरिहार्य रहेको दाबी गरेका छन् , अर्घाखाँची बाट प्रतिनिधि सभा सदस्यका उमेदवार टोपबहादुर रायमाझी र प्रदेश सभा सदस्य क्षेत्र नम्बर १ का उमेदवार चेतनारायण आचार्य एक कार्यक्रममा मन्तव्य राखदै यस्तो बताउनु भएको हो ।

नेकपा माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझीले विकास र सम्बृद्धिको लागि वामपन्थी गठबन्धनका उम्मेदवार लाई विजयी गराउन आग्रह गर्दै छोंटो समयमै आफ्नो पहलमा जिल्लामा विकासको कामले गति लिएको बताउँदै उहाँले जिल्लाको सर्बाङ्गीण विकासको लागि बामगठबन्धनका उम्मेदवार लाई भारी मतले विजयी गराउन आग्रह गर्नुभयो ।

बाम गठबन्धनद्वारा सोमबार छत्रदेब गाउँपालिकाको ठूलापोखरा र छत्रगञ्जमा आयोजित छुट्टाछुट्टै चुनावी सभामा मन्तव्य राख्दै उहाँले बाम गठबन्धन मुलुकको अपरिहार्य आवश्यकता र नेपाली जनताको तीव्र चाहना भएको बताउनु भयो ।

बाम गठबन्धनको तर्फबाट अर्घाखाँची जिल्लामा प्रतिनिधि सभाका साझा उम्मेदवार रहनुभएका रायमाझीले बर्षाै सम्म पञ्चायत र काँग्रेसले गर्न नसकेको काम आफूले छोंटो अवधिमै गरेको दाबी गर्दै अर्घाखाँची लाई देशकै नमुना जिल्ला बनाउने ठोकुवा समेत गर्नुभयो ।

नेकपा (एमाले) का जिल्ला अध्यक्ष तथा बामगठवन्धनको तर्फबाट अर्घाखाँची जिल्ला प्रदेश सभा क्षेत्र नम्बर १ का साझा उम्मेदवार चेतनारायण आचार्यले अर्कोपटक गाउँमा आउँदा एउटै पार्टी बनाएर आउने बताउनु भयो । लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास ,श्रमजीवि वर्गको अधिकार स्थापना र जिल्लाको समग्र विकासको लागि बाम गठबन्धनलाई विजयी गराउनुको विकल्प भएको उहाँको भनाई छ । गाउँ गाउँमा विकासका पूर्वाधार पु¥याई जनतालाई आत्मनिर्भर बनाउने योजनाका साथ आफूहरू जनता बिच आएको आचार्यले बताउनु भयो ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा माओवादी केन्द्र का केन्द्रीय सचिवालय सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले मुलुकका ठुला दुई बाम दलबीचको एकता कुनै तागतले तोड्न नसक्ने बताउनु भयो । सामाजिक रूपान्तरण, स्वरोजगारिको ग्यारेन्टी र समृद्ध राष्ट्र निर्माणको लागि वाम गठबन्धनलाई जिताउनु पर्नेमा उहाँको जोड छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र का सह– संयोजक तथा समानुपातिक उम्मेदवार छमकुमारी खनाल (चिनारी), माओवादी केन्द्रका जिल्ला सह– संयोजक तोज बहादुर रायमाझी (विधान), एमाले जिल्ला सचिवालय सदस्य भविश्वर पाण्डे, माओवादी केन्द्रका सचिवालय सदस्य रामलाल पराजुली, प्रकाश ज्ञवाली, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, निर्माण व्यवसायी सङ्घका जिल्ला अध्यक्ष ऋषिराम अधिकारी, अर्घाखाँची बुटवल सम्पर्क मञ्चका कुलचन्द्र पाण्डे,अनेरास्वबियूका केन्द्रीय सदस्य भरत न्यौपाने ,स्थानीय नेता नवराज रायमाझी,भोज बहादुर रायमाझी भेषराज पाण्डे लगायतका वक्ताहरुले मन्तव्य राख्दै बाम गठबन्धनको विजय सँगै जिल्लामा विकास निर्माण र सामाजिक रुपमान्तरणको कामले सार्थकता पाउने बताउनु भयो ।
चुनावी सभाको लागि गाउँमा पुगेका उम्मेदवार तथा वाम गठबन्धनका नेताहरूलाई जनताले फूलमाला र अबिरले भव्य स्वागत गरेका थिए ।