बाम गठबन्धन नुवाकोट भित्र लफडा ,एमालेका कार्यकर्ता काँग्रेसमा प्रवेश। - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

बाम गठबन्धन नुवाकोट भित्र लफडा ,एमालेका कार्यकर्ता काँग्रेसमा प्रवेश।



हिमाल पोस्ट/नुवाकोट,कात्तिक ३० ।

देशको वर्तमान राजनीति अवस्थामा दोस्रो र तेस्रो शक्ति मिलेर बनेको बाम गठबन्धनको चुनावी तालमेल देशको विभिन्न ठाउँमा चिरा पर्दै गएको सन्धर्भमा नुवाकोटमा पनि सतह मै देखिने गरी चरम असन्तुष्टी देखिदै गएको छ । पछिल्लो समय एमाले माओवादी परीत्याग गरी दैनिक रूपमा २०० को हाराहारीमा काङ्ग्रेसमा प्रवेश गर्न थाले पछि गठबन्धन किन कमजोर हुँदै छ भन्ने सवालमा गठबन्धनका उम्मेदवार चिन्तित बन्दै गएका छ्न ।

काङ्ग्रेस प्रभावशाली केन्द्रीय सदस्य द्धय डा. रामशरण महत र अर्जुन न के.सी लगायत जिल्लाका चर्चित र लोक प्रिय उम्मेदवारको पक्षमा दिन प्रतिदिन माहोल सिर्जना हुँदै गर्दा काङ्ग्रेस उम्मेदवारहरु विजय निकट देखिए पछि नुवाकोटका बाम भित्र भाँडभैलो र एक आर्को प्रति शङ्का र उपशंका मच्चिएको हो । भर्खरै मात्रै काङ्ग्रेस प्रवेश गरेका लामो समय एमालेको विभिन्न कमिटीमा रहेर काम गरेका ती व्यक्ति ले हामी सँगको कुराकानीको क्रममा नाम नबताउने सर्तमा भने, “ कसरी यो मन ले मान्ला र हजुर ती कहाली लाग्दा दिनहरू न त परिवार भन्न पाइयो न त सम्पत्ति भन्न पाइयो, त्रास नै त्रासमा बितेका ती वर्ष हरू, अब त पार्टी ले राम्रो गर्ला नि त भनेको त हिजो का दिन हाम्रो धान लुट्ने हरुसंगै हाम्रै नेताहरू उनीहरू सँगै बसेर धान कुट्न थाले, त्यही भएर बरु काङ्ग्रेस नै ठिक भनेर यसैमा प्रवेश गरे ” ।

उनको यो भनाइबाट के बुझ्न सकिन्छ भने माओवादी युद्धको चपेटामा परेका एमालेजनहरु काङ्ग्रेस प्रवेश न गरेता पनि द्वन्द्वकालमा माओवादीको ज्यादतिले पारेको असरले हितबहादुरलाई भोट हाल्न तयार छैनन् । सोही कारण एमालेको यस्तो प्रवृत्तिले माओवादी बृतमा एमालेले आफ्ना कार्यकर्ता सम्हाल्न नसकेको भनेर चरम असन्तुष्टी उत्पन्न हुन थालेको छ । यसको प्रत्यक्ष असर क्षेत्र न २ मा देखिन थालेको छ । माओवादी २ नं क्षेत्रका अधिकास नेताहरूले आफ्ना उम्मेदवार हित बहादुर तामाङलाई एमालेले सहयोग नगर्ने आन्तरिक रणनीति बुझे पछि २ नं मा पनि माओवादीले एमाले उम्मेदवार नारायण खतिवडालाई सहयोग नगर्ने प्रस्ट भएको छ ।अर्कातिर एमालेको तर्फबाट क्षेत्र न १ को प्रदेश ख का उम्मेदवार बद्री मैनालीले गोप्य रूपमा आफ्नो प्रभावित ठाउँमा एक भोट आफूलाई दिन र अर्को भोट आफ्नो स्वबिबेक प्रयोग गर्न भनी रहेका छन् ।

प्राप्त जानकारी अनुसार हितबहादुरको निर्वाचन खर्च भन्दा पनि बढी आफ्नो खर्च भएको र गठबन्धन आफू एक्लैले थेग्न परेकोमा मैनाली रुष्ट छन् । एमाले र माओवादी बिच यी कारण ले गठबन्धनको दुरी बढेपछि गठबंधनमा भाँडभैलो मच्चिएको हो । स्रोतका अनुसार प्रदेश सासदका उम्मेदवार बद्री मैनालीले निर्वाचन परिचालनमा हिँड्ने केही युवाहरूलाई बाइक किनि दिने बाचा गरेको र अहिले सम्म नकिनी दिएको साथै निर्वाचनमा परिचालन गर्न झुटो आश्वासन दिएको भनी धेरै जसो युवाहरू आक्रोशित बनेका छन्, भने अर्को तर्फ विगत लामो समय देखि पार्टीमा लागेका युवालाई वास्ता नगरी बाहिरी केटा हरुलाई मात्रै खर्च गरेको भन्दै माओवादी र एमालेकै अधिकास युवा रुष्ट रहेका छन् ।उनीहरू भन्छ्न ” पार्टीको नाममा दुख गर्ने हामी पैसामा मस्ती गर्ने चैँ भाडामा ल्याएका मान्छे कसरी जागर चल्नु र खै ? ” । यसकारण आफै भित्र चरम असन्तुष्टी बढ्दै गएपछि युवा व्यवस्थापन बाम गठबन्धन चुनौती बन्दै गएको छ ।

सोही क्षेत्रका एक माओवादी नेता भन्छ्न “प्रदेश सभा ख का उम्मेदवार बद्री मैनाली आफू एक्लै जसरी भए पनि निर्वाचन जित्न सकिन्छ कि भनेर हिडीरहनु भएको छ यसले गरेर पनि हाम्रा साथीहरूमा बाम गठबन्धन तालमेलको मर्म अनुरूप काम किन हुन सकेन भनेर छलफल को विषय बनेको छ” ती नेताले भने । उनी भन्छ्न “यस्तै तरिका रहने हो भने हामीले पनि एक पटक सोच्न बाध्य हुनेछौ।