वामदेव एमालेमै, अस्वीकृत भयो राजीनामा - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

वामदेव एमालेमै, अस्वीकृत भयो राजीनामा



काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको उपाध्यक्षसहित सवै जिम्मेवारीबाट दिएको राजीनामा अस्वीकृत भएको छ ।

उनले गत भदौ १८ गते बुझाएको राजीनामा अस्वीकृत भएको हो । उनले आफू एमालेको सबै जिम्मेवारीबाट मुक्त भएको घोषणा गर्दै एमालेमा राजीनामा बुझाएका थिए ।

उनले बुझाएको राजीनामा पत्रमा भनिएको छ, ‘म आफै संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईंकै गलत विचार, प्रवृति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकाले आजको मितिमा पार्टी उपाध्यक्ष पद र सवै जिम्मेवारीबाट राजीनामा दिएको छु ।’

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको राजीनामा पत्रमा गौतमले पटकपटक व्यक्तिगत सुझाव दिँदा पनि ओली व्यक्तिवादी र स्वेच्छाचारी बन्दै गएको आरोप लगाएका छन्।

राजीनामा पत्रमा प्रतिनिधिसभा भङ्गदेखि पार्टी सञ्चालनमा अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गरिएको छ।

उनले राजीनामा दिएपछि आफ्नो भावी कदमबारे गौतमले केही उल्लेख गरेका थिएनन् । ओलीसँगको चार दशक लामो मित्रता भविष्यमा पनि रहिरहने अपेक्षा उनले गरेका छन् ।

यसअघि नेकपा एमाले विभाजित भएपछि नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो।