पाँच वर्षमा चीनलाई टक्कर दिने देश बन्छ: वामदेव गौतम - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

पाँच वर्षमा चीनलाई टक्कर दिने देश बन्छ: वामदेव गौतम



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्य बामदेव गौतमले आगामी पाँच वर्षभित्र नेपाल चीनको अहिलेको अवस्थामा पुग्ने दावी गरेका छन् ।

आइतबार ‘विश्व व्यवस्था र चीन : नेपालमा समाजवादको सम्भाव्यता’ विषयमा काठमाडौंमा आयोजित कार्यशालामा बोल्दै नेता गौतमले नेपाले दुर्त गतिमा बिकासका काम अघि बढाउने बताए ।

उनले आगामी १५ देखि २० वर्षमा समृद्धिको बाटोमा नेपाल जाने आधार पेश गरेका थिए । उनले नेपालमा पाँच वर्षमा आधारभूत समाजवाद निर्माण गर्न सकिने पनि बताए । 

‘अबको पाँच वर्षमा हामीले चीन जहाँ पुगेको छ, त्यो ठाउँ पुग्न सक्छौं र १५ वर्षदेखि २० वर्षमा हामी समृद्धिको बाटोतर्फ जान सक्छौं,’ उनले भने ।