वामदेव गौतमले मागे माफी - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

वामदेव गौतमले मागे माफी



काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता वामदेव गौतमले आत्मालोचना गर्दै माफी मागेका छन् । एक विज्ञप्ति जारी गर्दै उनले माफी मागेका हुन् ।

‘मे दिवस’को अवसर पारेर गौतमले यस्तो विज्ञप्ति जारी गरेका हुन् । गौतमले आफूबाट पनि गल्ति भएको भन्दै आत्माआलोचित भएको जनाएका छन् ।

‘आजको दिन कम्युनिस्ट आन्दोलनमा लागेका हामी सबै नेता-कार्यकर्ताका लागि आफ्ना गल्ती कमजोरीप्रति आत्मालोचित हुँदै नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्छौँ भनेर प्रतिबद्धता व्यक्त गर्ने दिन हो ।’

गौतमले भनेका छन्,’मबाट पनि यसबीचमा केही कमजोरी र गल्ती भएका छन्, आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचित छु तिनलाई सच्याउन लागि परेको पनि छु ।’