वामदेवले आज नयाँ पार्टी घोषणा गर्ने, केन्द्रीय कमिटीमा ७० जना - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

वामदेवले आज नयाँ पार्टी घोषणा गर्ने, केन्द्रीय कमिटीमा ७० जना



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्ने भएका छन् ।

उनले मंगलबार हाल सञ्चालन गर्दै आएको अभियानलाई नै पार्टीको रुपमा घोषणा गर्न लागेका हुन् । नयाँ पार्टीमा ७० जना केन्द्रीय कमिटी सदस्य रहने बताइएको छ ।

एमाले विभाजन भएपछि निष्क्रिय रहेका गौतमले एकता अभियान चलाउँदै आएका थिए । कतिपयले गौतम माढव नेपालको नयाँ पार्टीमा जाने आंकलन गरिरहेका बेला उनले नयाँ पार्टी घोषणा गर्न लागेका हुन् ।