'समृद्ब प्रदेश सुखी प्रदेश बनाउछौ' : वन तथा वातावरण मन्त्री भट्ट (फोटो फिचर सहित) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

‘समृद्ब प्रदेश सुखी प्रदेश बनाउछौ’ : वन तथा वातावरण मन्त्री भट्ट (फोटो फिचर सहित)



विशाल पाण्डेय / सुखड,कैलाली ।
सुदुर पश्चिम् प्रदेशका उद्योग ,पर्यटन ,वन तथा वातावरण मन्त्री माया भट्टले सुदुर पश्चिम प्रदेशलाई समृद्ब प्रदेश सुखी प्रदेश बनाउन आफुहरु लागि परेको बताइन् ।

सोमबार कैलालीको घोडाघोडी नगरपालिका -१० पहलमानपुरमा डिभिजन वन कार्यालयको समुद्घाटन कार्यक्रममा प्रमुख अथितिको आसनबाट बोल्दै मन्त्री भट्टले सुदुर पश्चिम् प्रदेश प्राकृतिक स्रोत र साधनले भरिपुर्ण प्रदेश रहेकोे बताइन् । उनले भनिन, ” कैलालीमा २ लाख हेक्टरमा वन जंगल रहेको छ , यदि जंगलमा भएका जडिबुटीहरुको सदुपयोग ,संरक्षण तथा सम्बर्द्धन गरि बनलाई उत्पादनमुखी बनाइ रोजगारी सिर्जना गर्ने र यहाँका बासिन्दाहरुको जीवन स्तरलाइ माथी उठाउन सकियो भने समृद्बि प्रदेश भनेर चिनिने छ ।’

मन्त्री भट्टले जनातका सेवा सुविधाको लागि प्रदेश सरकार सधै लागिरहेको बताइन । उनले भनिन, ‘जनताको सेवा सुविधा लाई छिटो ,छरितो तथा सरल ढंगबाट दिन सकियोस भनेर प्रदेश सरकारले संघीय सरकारलाई प्रस्ताव गरि जनताको काम छिटो छरितो गर्न कैलालीको धनगढी र पहलमानपुर गरि २ वटा डिभिजन कार्यालयले उद्घाटन गरिएको हो ।’

यस्तै मन्त्री भट्टले राज्यलाई सबल र सफल बनाउन सबै लाग्नु पर्ने बताइन् । उनले भनिन , ‘स्थानीय सरकार , प्रदेश सरकार र संघीय सरकारलाइ सफल र सबल बनाउन समाजमा भएका विकृति ,विसंगति ,भेदभाव ,कु-प्रथा तथा अन्धविश्वास लाई अन्त्य गरेर सामाजिक सद्भाव कायम गरियो भने मात्र समृद्ब गाउँ ,समृद्ब प्रदेश , शुखी जनता बनाउने लक्ष्य पूरा हुन्छ ।” साथै मन्त्री भट्टले जनप्रतिनिधि र कर्मचारी एकै रथका दुई पाङ्ग्रा भएकोले एक आपसमा सहयोग गरि मिलेर काम गर्नु पर्ने बताइन् ।

त्यस्तै विशिष्ट अथितिको आसनबाट बोल्दै प्रदेश सांसद अमर बहादुर साउदले बसन्ता करिडोर ,कर्णाली करिडोर , सिमसार क्षेत्रमा रहेको घोडाघोडी ताल तथा महत्त्वपूर्ण वन क्षेत्रहरु सुदुर पश्चिम् प्रदेशमा परेकाले आफुहरु प्राकृतिक सम्पदाको धनी रहेको बताए । उनले भने , हाम्रो प्रदेशमा भएका वन जंगलबाट जडिबुटीहरु उत्पादनमा जोड दिएर वनलाइ आय आर्जन गर्ने थलो बनाउनु पर्छ ।’ साथै सांसद साउदले तीन तहको जनप्रतिनिधि ,कर्मचारी र स्थानीयहरु हातेमालो गरेमात्र समृद्बि नेपाल सुखी नेपाल बनाउन सकिने बताए । यस्तै प्रदेश सांसद रतन थापाले सबै जनप्रतिनिधि तथा कर्मचारीहरुले इमानदारीपूर्वक काम गर्नु पर्ने बताए ।

यस्तै घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले जनताको नजिकमा रहेर जनताको सुख दुःख मा साथ दिने स्थानीय सरकारको साझा अधिकार नखोस्न आग्रह गरे । उनले भने , “प्रदेश सरकार ,संघीय सरकारले स्थानिय सरकारको अधिकार काट्ने ,बजेट काट्ने हुदा स्थानिय सरकारको ध्यानाकर्षण रहेको बताए । प्रदेश सरकारले स्थानीय तहसङ्ग छलफल नगरी आफुखुशी गरेको छ ,उनले थपे । ‘ सामुदायिक वन पालि ,संरक्षण गरेर नेपालले पुरै विश्वलाई चुनौती दिएको नगर प्रमुख चौधरीले बताए । साथै चौधरीले सामुदायिक वनलाई व्यवस्थापन तथा बैज्ञानिक ढंगबाट उत्पादनमुखी बनाएर रोजगारीको सिर्जना गरिनु पर्ने बताए ।

जिल्ला समन्वय समितिका संयोजक सुर्य बहादुर थापाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उद्योग ,पर्यटन ,वन तथा वातावरण मन्त्रालयका सचीव मेघ नाथ काफ्ले ,प्रदेश वन निर्देशन नवराज काफ्ले , बसन्ता संरक्षित परिषद अध्यक्ष पुस्कर बहादुर बम लगाएतले शुभकामना व्यक्त गरेका थिए ।

डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख दिपक ज्ञवालीको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रमको सञ्चालन बसन्ता संरक्षित वनका सामाजिक परिचालक भिमा सुबेदिले गरेकी थिइन् ।