भोलि अर्घाखाँची सहित ,नेपाल बन्द ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

भोलि अर्घाखाँची सहित ,नेपाल बन्द !



कमल बिस्ट ,असार २६

देशले नयाँ संविधान पायो र संविधान कार्यान्वयनको लागि २ नम्बर प्रदेश बाहेकका अन्य प्रदेशमा पहिलो र दोस्रो चरण गरी स्थानीय तहको निर्वाचन सम्पन्न समेत भैसक्दा सो निर्वाचनमा दलगत सहभागी नजनाएको राजपाको स्वर स्थानीय तह देखि केन्द्र सम्म सुनियो र सरकारले पनि बडो चासोका साथ सुनेको पाइयो तर यही संविधान र निर्वाचनको विषय लाई लिएर असन्तुष्ट बिप्लपले नेतृत्व गरेको अर्को दल नेपाल कम्युनिस्ट पार्टीले समेत विरोधका स्वरहरू बारम्बार सुनिने गरेको छ यसैको विरोध स्वरूप नेपाल कम्युनिस्ट पार्टी विप्लबले भोलि (यही २७ गते) अर्घाखाँची बन्दको आव्हान गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै जिल्ला इन्चार्ज सुमन ज्ञवालीले जिल्लाका सम्पूर्ण उद्योग, व्यापार, यातायात, शिक्षण संस्था हरू बन्दको आव्हान गर्दै गरी सहयोग पुर्‍याउनुहुन प्रेस विज्ञप्ति मार्फत अनुरोध समेत गरेको छ ।